१० दिनमा सात फरार अभियुक्त पक्राउ, भारतीय पनि परे

१० दिनमा सात फरार अभियुक्त पक्राउ, भारतीय पनि परे

उदयपुर : जिल्ला प्रहरी कार्यालय उदयपुरले १० दिनमा ७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

घटना लगत्तै फरार भएका र मुद्दा फैसलापछि कैद भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरेपछि प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

उनका अनुसार ०७६ असार ४ गते १४ वर्षीया बालिकालाई बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका–८ बोकेढीकका २० वर्षीय सञ्जय राउत शनिबार दिउँसो त्रिनपा ११ संगमटोलबाट पक्राउ परेका छन् ।

यस्तै ०७५ मंसिर २१ गते सप्तरीको साविक पिप्रापश्चिम गाबिस ९ का ३५ वर्षीया किसनवती यादवलाई गोली हानी हत्या गरेर फरार रहेका सोही ठाउँका ६० वर्षीय खुलाल मगरलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको छ ।

सिकार खेल्ने क्रममा उदयपुरको त्रिनपा ५ खारखोला जंगलमा मगरले घाँस काटन गएकी यादवलाई भरुवा बन्दुकबाट गोली हानी हत्या गरी शव जलाएर फरार भएका थिए ।

फरार प्रतिबादीलाई शुक्रबार इलाका प्रहरी कार्यालय भेडिया सप्तरीसँग समन्वय गरी घरबाट पक्राउ गरिएको एसपी मगरले बताए । घटनासँगै रहेका अर्का सोही ठाउँका खड्गबहादुर मगर हालसम्म फरार छन् ।

१५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा उदयपुरगढी गाउँपालिका ५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।

०७६ असार १४ गते बलात्कार गरी फरार रहेका आरोपितलाई प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको हो । १२ वर्षीया बालिका बलात्कारपछि फरार रहेका त्रियुगा नगरपालिका १५ वेतेनीका ५१ वर्षीय कृष्णबहादुर मगरलाई पनि बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

०७६ असार ५ गते राति १० बजे बलात्कार गरी फरार रहेका प्रतिबादीलाई प्रहरीले राति १० बजे सोही वडाको रानीबासबाट पक्राउ गरेको हो । यस्तै चोरी अभियोगमा ३२ वर्षीय भारतीय नागरिक मोतिहारी जिल्ला झारौखर थाना, विजावनी पञ्चायत–११ अठमोहानका सुरेश साहलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

साहले भारतीय नागरिक जावेद आलम, भाग अन्सारी, अंगेश कुमार, नइम आलम, भोला सहनी, संजय सहनी, फर्याज आलमको सहयोगमा पसल फुटाएर ३९ लाख ८३ हजार १ सय ५३ रुपैँया मुल्य बराबरको मोबाइल चोरी गरेको आरोप छ । अन्य आरोपित अझै फरार छन् ।

हत्या अभियोगका फरार अभियुक्त ३५ वर्षीय मोहन बुढाथोकी, ३३ वर्षीय होमबादुर कार्की, लागुऔषध अभियोगका २३ वर्षीय मिलन खतिवडालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.