दुई कटुवा पेस्तोल र अफिमसहित चारजना पक्राउ

दुई कटुवा पेस्तोल र अफिमसहित चारजना पक्राउ

टिकाराम खनाल

रुकुम : रुकुम (पश्चिम)मा दुई थान कटुवा पेस्तोल र अफिमसहित चार जना पक्राउ परेका छन्। बाँकेको कोहलपुर नगरपालिका–१, कौशिलानगरका १९ वर्षिय गोरे थापा मगर र दैलेख दुल्लु नगरपालिका–१३, लम्सका ३४ वर्षीय खड्कबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल, एकथान भरूवा बन्दुकबाट निर्माण गरिएको मध्यम आकारको कटुवा पेस्तोल फेला परेको खड्काले जानकारी दिए। अवैध हतियारसहित बसेका व्यक्तिहरुले लुकेर केही दिनदेखि अवैध काम गरिरहेको गोप्य सूचना आएपछि प्रहरी गस्ती बढाइएको उनको भनाइ छ। शुक्रबार साँझ गस्तीमा गएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

हतियारसहित रहेका उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीलाई आक्रमण गर्ने प्रयाससमेत गरेको डिएसपी खड्काले बताए। प्रहरीले सानो हतियारबाट पाँच राउण्ड गोली हवाइफायर गरेर उनीहरूलाई पक्राउ गरेको बताइएको छ। 

उक्त समूहमा रहेका दुईजना भने फरार रहेको डिएसपी खड्काले बताए। उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ। उनीहरूले रुकुमका साथै डोल्पा, जाजरकोटलगायतका ठाउँबाट अवैध रूपमा जडिबुटी तथा यार्साको कारोबार गर्नुका साथै व्यापारी र स्थानीयलाई हतियार देखाउँदै चन्दा तथा फिरौती रकम माग गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। पक्राउ परेकाविरूद्ध हातहतियार खरखजाना सम्बन्घि कसुरमा मुद्दा दर्ता गरिएको छ। आवश्यक अनुसन्धानको लागि दुवैजनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। 

यसैबिच अवैध लागूऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लोको मुसीकोट नगरपालिका १ को होटेलबाट लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौंबाट आएको प्रहरी टोलीले दाङको बङ्गलाचुली गाउँपालिका–४, काभ्रेका २७ वर्षीय लेखराज केसी र घोराही उपमहानगरपालिका–१ का तिलक घर्तीलाई पक्राउ गरेको डिएसपी खड्काले जानकारी दिए। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.