निलम्बित बीपीका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा

निलम्बित बीपीका उपकुलपतिविरुद्ध भ्रष्टाचार मुद्दा

धरान : सेवाग्राहीसँग कार्यकक्षमा आठ लाख रुपैयाँ घुससहित पक्राउ परेका बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका निलम्बित उपकुलपति प्रा.डा. राजकुमार रौनियार र उनका भतिज डा. रामहरि रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। रौनियारलाई सेवाग्राहीबाट घुस लिएलगत्तै गत असार २७ गते अख्तियारको टोलीले कार्यकक्षबाट पक्राउ गरेको थियो। रौनियारसँगै उनका भजित प्रतिष्ठानकै हाउस अफिसर रामहरि पक्राउ परेका थिए। 

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले रौनियारविरुद्ध एक करोड २८ लाख रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भएपछि मुद्दा दायर भएको उनको भनाइ छ। रौनियारले प्रतिष्ठानमा भ्रष्टाचार गरेको भन्दै सरकारले उनलाई निलम्बन गरेको थियो। निलम्बनपछि सर्वोच्चमा रिट हालेका रौनियार प्रधानन्यायाधीश चालेन्द्र शमशेरको अन्तरिम आदेशपछि पुर्नबहाली भएका थिए। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.