डेंगु नियन्त्रणमा बेवास्ता, ६ हजार बिरामी

डेंगु नियन्त्रणमा बेवास्ता, ६ हजार बिरामी

धरान : डेंगु रोग नियन्त्रण गर्न तीनै तहका सरकारले बेवास्ता गरेका छन्। धरानमा डेंगु फैलिएको तीन महिना बित्न लाग्दा पनि नियन्त्रणमा चासो नदेखाएपछि स्थानीयले सरकारको आलोचना गरेका छन्। बिरामी संख्या ६ हजारभन्दा बढी पुगेको छ। यसबाट धरानका २ लाख जनाको ज्यान जोखिममा परेको स्थानीयको भनाइ छ।

संघ, प्रदेश र स्थानीय तीनै सरकारको हेलचेक्र्याइँका कारण डेंगुको चपेटामा परेको धरान–१५ का राम राईको भनाइ छ। कांग्रेसका सुनसरी जिल्ला सभापति राजीव कोइरालाले पनि सरकारको बेवास्ताप्रति आपत्ति जनाए। हजारौं स्थानीय बिरामी हुँदा पनि सरकार चुप लागेर बसेको उनको गुनासो छ। रोग नियन्त्रण र बिरामीको निःशुल्क उपचार गर्न उनले सरकारसँग माग गरे।

३ हजार जनाको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ। ९ सय ५५ जनाले विजयपुर अस्पताल र अन्यले वीरेन्द्र मेडिकल हल, श्रेष्ठ मेडिकल, मञ्जु श्री पोलिक्लिनिक, धरान इमेजिङलगायत स्वास्थ्य संस्थामा उपचार गराइरहेका छन्। यी संस्थामा दैनिक बिरामीको भीड लाग्ने गरेको छ। सरकारले डेंगु परीक्षण गर्न आवश्यक किट प्रतिष्ठानलाई पर्याप्त नपठाएकाले निजीमा जानुपर्ने बाध्यता रहेको पीडितको गुनासो छ। उनीहरूका अनुसार निजीमा उपचार महँगो छ।

डेंगुकै कारण असार २८ गते धरान–१५ की ४३ वर्षीया मनु सुनुवारको मृत्यु भएको थियो। एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामक पोथी लामखुट्टेको टोकाइबाट डेंगु फैलिएको डाक्टरले बताएका छन्। धरान–१५ मा देखिएको डेंगु संक्रमण २० वटै वडामा फैलिएको छ। बालबालिका र वृद्धवृद्धा रोगको चपेटामा परेका छन्।

प्रतिष्ठानका प्रवक्ता डा. पशुपति चौधरीले डेंगुका बिरामी अत्यधिक आउने गरेको बताए। उनका अनुसार १ हजार १ सय ४५ बिरामीमा डेंगु एमएस १ देखापरेको छ। यसलाई रोग खतरनाक मान्निछ। सिकिस्त बिरामी दैनिक १५ देखि २० जनासम्म भर्ना हुने गरेको उनले बताए। रोग नियन्त्रण गर्न सरकारले दीर्घकालीन योजना चाहिने उनको भनाइ छ।

डेंगु संक्रमित पोथी लामखुट्टे सफा पानीमा मात्र बस्छ। पानी भरिएको भाडा, खाल्डाखुल्डीमा जमेको पानी र घरकै फ्रिजको पछाडि जमेको पानीमा लामखुट्टेले अण्डा पार्ने गरेको डाक्टर बताउँछन्। त्यसबाटै संक्रमित लामखुट्टेको संख्या बढेका कारण डेंगु फैलिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए। खानेपानी अभावका कारण स्थानीयले खुला भाडामा पानी जम्मा गर्ने गरेका छन्। त्यही कारण संक्रमित लामखुट्टेको संख्या बढेको उनले बताए।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्थानीय र प्रदेश सरकारले काम गरे पनि रोग नियन्त्रणमा आउन नसक्नु दुखद् भएको बताएका छन्। सबैको स्वास्थ्य परीक्षण सहज बनाउन किट व्यवस्था र जनचेतनासहित सरसफाइको काम चलिरहेको उनको भनाइ छ। ‘पुनः फरक योजनाका विषयमा छलफल भइरहेको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.