रुखले किचेर श्रीमान- श्रीमती घाइते

रुखले किचेर श्रीमान- श्रीमती घाइते

धरान : धरानस्थित विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान हाताभित्र सखुवाको रुखले किचेर दुईजना गम्भीर घाइते भएका छन्। प्रतिष्ठानको पार्किङ क्षेत्रमा सखुवाको रुख ढलेर बिरामीका दुई कुरुवा घाइते भएका हुन्। 

रुखले किचेर धनुषाको जनकुपुर -३ का जितेन्द्र यादव र उनकी श्रीमती अन्जली यादव गम्भीर घाइते भएका छन्। दुबैको प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनीहरु छोरा क्रितिकको उपचारका लागि धरान आएका थिए। प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाइएको बताएका छन्।

प्रतिष्ठानमा बुढा भएका रुखको व्यवस्थापन नगर्दा वर्षेनी दुर्घटनाको जोखिम बढेको छ। दुई वर्ष अगाडी पनि प्रतिष्ठान हाता भित्रै रुख ढलेर किच्दा एकजना एमवीवीएस अध्ययनरत एक छात्राको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.