विराटनगर नाकाबाट तरकारी आयात घट्यो

विराटनगर नाकाबाट तरकारी आयात घट्यो

विराटनगर : विराटनगर भन्सार नाका हुँदै भारतबाट तरकारी आयात  घटेको छ। विषादीका कारण सरकारले बिना जाँच आयातमा रोक लगाएपछि आयात घटेको हो। 

विराटनगर भन्सार नाकाबाट मात्रै गत आर्थिक वर्षमा भारतबाट ३९ करोड ५५ लाख ५३ हजार मूल्य बराबरको तरकारी आयात भएको  थियो। विराटनगर भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार सो नाका भएर गत आर्थिक वर्षमा आलु, प्याज, खुर्सानी, सुकेको लसुन, विभिन्न खाले हरियो तरकारी, केराउ, बोडी, चना, दाल कागती आदि आयात भएको थियो। गत आर्थिक वर्षमा ११ लाख ८८ हजार किलोग्राम दाल मात्रै आयात भएको थियो। 

त्यस्तै फलफुल पनि ३८ करोड ९ लाख ६५ हजार मूल्य बराबरको आयात भएको थियो। फलफूलमा नरिबल, सुपारी, आँप, लिच्ची, अनार, तरबुजा, स्याउआदि आयात भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए। 

उनका अनुसार फलफूल र तरकारी आयातबाट राज्यलाई १० करोड ७९ लाख २० हजार राजस्व प्राप्त भएको छ। पौडेलले विषादी परीक्षण नगरिकन आयात हुन नदिएपछि तरकारी आयात क्रमस घट्दै गएको बताए। विराटनगरमा विषादी जाँच गर्ने सुविधा भए पनि विषादी जाँच गर्न व्यापारीलाई अहिले पनि झापाको विर्तामोड पुग्नु पर्ने बाध्यता छ। पौडेलले विषादी जाँच गर्ने झन्झटका कारण पनि आयातकर्ता व्यापारीले तरकारी आयात गर्न छाडेको जानकारी दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.