एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग सूचारु

एक महिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग सूचारु

ओखलढुंगा : एकमहिनादेखि अवरुद्ध सिद्धिचरण राजमार्ग शनिबारदेखि सूचारु भएको छ । अविरल वर्षापछि गएको पहिरोले अवरुद्ध राजमार्ग सडक डिभिजन कार्यालय लहानले एक महिना मर्मतपछि सूचारु भएको हो । 

गत असार २६ गते राति कटारी नगरपालिका वडा नं. १४ स्थित ठाँटीमा गएको पहिरोले राजमार्गको कटारी–ओखलढुंगा खण्ड अवरुद्ध भएको थियो । शनिबार बिहानदेखि सडक सूचारु भएको सडक डिभिजन कार्यालय लहानका सुपरभाइजर कुमार प्याकुरेलले बताए । उनले सडकको जगसमेत पहिरोले बगेपछि कार्यालयले मर्मत गरेर सुचारु गरेको जानकारी दिए । 

सडक अवरुद्ध हुँदा पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुबाट प्रदेश विराटनगर राजधानी आवतजावत् तथा उपभोग्य वस्तु ढुवानी रोकिएको थियो । ढुवानी रोकिँदा खाद्यान्न लगायत उपभोग्य वस्तु अभाव हुन थालेको थियो । सडक सुचारुसँगै ढुवानी तथा यात्रुवाहक सवारी पहाडी जिल्ला भित्रन थालेका छन् । सडक खुलेसँगै आवत जावत् र ढुवानीमा सहजता आएको उद्योग वाणिज्य संघका उपाध्यक्ष पूर्णकुमार श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.