सोलुखुम्बुमा जंगली भालुको आतंक, एकै वर्षमा ११ घाइते

सोलुखुम्बुमा जंगली भालुको आतंक, एकै वर्षमा ११ घाइते

ओखलढुंगा : सोलुखुम्बुमा जंगली भालुको आतंक बढेर्को क तथ्यांकले देखाएको छ ।

एक वर्षको अवधिमा भालुको आक्रमणबाट ११ जना घाइते भएका छन् । मकै खान आएका भालुले विभिन्न गाउँका किसानलाई आक्रमण गरी घाइते बनाए । दुई दिनयता मात्रै दुईजनालाई आक्रमण गरी घाइते बनाएको छ । सोलु दूधकुण्ड नगरपालिका–३, लोदिङका ३५ वर्षीया माया शेर्पा शुक्रबार घाइते भएकी हुन् ।

शुक्रबार राति ८ बजतिर मकैबारीमा शेर्पालाई भालुले आक्रमण गरेको वडा सदस्य ल्हाक्पा गेलु शेर्पाले बताए । घाइते शेर्पाको जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि सामुदायिक अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ ।

भालुले बारीमै आएर मकै खान थालेपछि स्थानीयले बारीमा डेरा निर्माण गरी भालु धपाउँदै आएका थिए । शेर्पालाई डेरामै भालुले आक्रमण गरेको स्थानीयले बताए । मकै पाक्ने सिजन सुरु भएसँगै सोलुखुम्बुमा भालुले किसानलाई आक्रमण गर्न थालेको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक शालिग्राम पौड्यालले बताए । उनले जिल्ला वनसँग समन्वय गरेर वन्यजन्तु व्यवस्थान गर्न स्थानीसँग आग्रह गरिएको जानकारी दिए ।

अघिल्लो वर्ष ९ जना, साउनमा ११ जना भालुको आक्रमणमा घाइते भएका थिए । मकै खाएर भालुले क्षति गर्ने भएकाले गोठ बनाएर बसेका किसानलाई भालुले आक्रमण गर्न थालेको स्थानीय दापुटी शेर्पाले बताए ।

भालुको आक्रमणबाट किसानको ज्यान नै जोखिममा पार्न थालेको शेर्पा बताउँछन् । साथै भालु नियन्त्रण गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न सोलुका किसानले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.