‘भारतको नम्बर वान दुश्मन विस्तारवादी चीन नै हो !’
नयाँदिल्ली : भारतीय जनता पार्टीका एक नेता तथा सांसद राकेश सिन्हाले चीन र पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया दिएका छन् ।
उनले चीनलाई विस्तारवादी मुलुक भएको आरोप लगाउँदै पाकिस्तानसँग पनि उसको सम्बन्ध नराम्रो रहेको दावी गरे । भारतले कश्मीरको विशेषधिकार खारेज गरेपछि चीनले दिएको प्रतिक्रियापछि भाजपाका सांसदले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले चीनलाई ‘भारतको नम्बर वान दुश्मन’ को संज्ञा पनि दिए । राकेशले बिबिसी हिन्दीका लागि दिएको अन्तर्वार्तामा यस्तो बताएका हुन् । भारतको कश्मीरमाथिको निर्णयसँगै चीन र पाकिस्तान झन् नजिकिनसक्ने टिप्पणी भइरहँदा भाजपाका नेताको प्रतिक्रिया आएको हो ।
उनले भनेका छन्, ‘चीनको त पाकिस्तानसँग पनि मित्रता छैन । चीनसँग हाम्रो सम्बन्ध छ । आर्थिक सम्बन्ध छ । राजनीतिक सम्बन्ध छ । तर हामी पूर्ण रुपमा स्पष्ट छौँ कि, चीन विस्तारवादी हो । र चीन कहिल्यै असल मित्र बन्न सक्दैन । यदी भारतको नम्बर वान दुश्मन कोही छ भने त्यो चीन नै हो ।’
तर भाजपाका नेता राकेशकाे प्रतिक्रिया आधिकारिक हाे कि हैन भनेर यसबारे पार्टी र सरकारले अहिलेसम्म कुनै खण्डन गरेकाे छैन ।