भारतमा कंग्रेसको नेतृत्वमा फेरि सोनिया गान्धी
नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसको नेतृत्वमा पूर्वअध्यक्ष सोनिया गान्धी फेरि फर्किएकी छन् ।
अन्तरिम अध्यक्षको रुपमा उनलाई पार्टीले जिम्मा दिएको छ । सोनियाकै छोरा राहुल गान्धी यसअघि अध्यक्ष थिए । पार्टीको कार्यकारी समितिको निर्णय अनुसार सोनियालाई अध्यक्षमा चयन गरिएको विज्ञप्तिमार्फत सार्वजनिक भएको हो ।
पछिल्लो चुनावी परिणामसँगै कंग्रेसको नेतृत्व कसले सम्हाल्ला भनेर केही अन्योल नै थियो ।