लोकप्रिय बन्दै टेकबल, जहाँ महिला र पुरुष सँगै प्रतिष्पर्धा गर्न सक्छन्

लोकप्रिय बन्दै टेकबल, जहाँ महिला र पुरुष सँगै प्रतिष्पर्धा गर्न सक्छन्

काठमाडौं : २०० बिसीदेखि नै खेल्न सुरु भएको फुटबलका अनेक नयाँ नियम र तरिका पहिचान हुँदै छन् ।

फुटसल र बिच फुटबल त अहिले प्रचलित खेल नै हुन् । पछिल्लो केही वर्षयता टेकबलको आकर्षण बढ्न थालेको छ । हंगेरीमा पहिचान भएको यो खेल फुटबलकै विकसित रुप हो । बीचमा काठको बोर्ड राखेर दुई वा चारजना खेलाडी यसमा खेल्न सक्छन् ।

पूर्व फुटबलर गाबोर बोर्सानीले हंगेरीको बुडापेस्टबाट यो खेललाई पहिलो पटक संसारभर चिनाएका थिए । सन् २०१७ मा त हंगेरीमा टेकबलको अन्तर्राष्ट्रिय प्रतिष्पर्धा नै गराइयो । जहाँ २० जना मात्रै सहभागी थिए ।

गाबोरले २०१४ देखि नै यो खेललाई अभ्यासमा ल्याइसकेका भए पनि प्रारम्भीक चरणमा यो खेल खेल्ने न्युन मात्रै थिए । पछिल्लो समय व्यवसायीक खेलाडी समेत यस खेलमा आकर्षित भएका छन् ।

रोनाल्डिनो टेकबलका एडिक्ट

कुनै बेलामा ब्राजिलियन टीमका स्टार खेलाडी रोनाल्डिनो त टेकबलका पारखी नै हुन् । प्रायः उनी यही खेलमा रमाइरहेका हुन्छन् । यसबारे उनले सिएनएनलाई अन्तर्वार्ता समेत दिइसकेका छन् । ३९ वर्षे यी पूर्व फुटबलर अचेल टेकबलमा नै हरेक समय टेकबलमै रमाइरहेका हुन्छन् ।

महिला र पुरुष दुबै खेल्न मिल्ने

टेकबलको रोचक र सकारात्मक पक्ष के छ भने महिला र पुरुष दुबै सँगै खेल्न मिल्छ । महिला फुटबलको प्रचार र महत्व कम आंकलन भएको भन्दै बहस भइरहँदा  टेकबलमा महिला पनि पुरुषसँगै प्रतिष्पर्धा गर्न सक्छन् । कतिपय खेलमा त महिला खेलाडी पुरुषसँग प्रतिष्पर्धामा खरो उत्रिसकेका छन् । यसबारे जानकारहरुका अनुसार नयाँ भए पनि निकै रमाइलो र छरितो छ यो खेल ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.