पाकिस्तानकाे आक्राेश, हङकङमा पेट्रोल बमदेखि रुसकाे भव्य प्रदर्शनसम्म

पाकिस्तानकाे आक्राेश, हङकङमा पेट्रोल बमदेखि रुसकाे भव्य प्रदर्शनसम्म

पृथ्वी नजिकैबाट गयो क्षुद्रग्रह, तत्कालका लागि टर्‍याे ठूलाे दुर्घटना

वासिङटन : आईफल टावर भन्दा पनि ठूलो एउटा क्षुद्रग्रह अर्थात् आकाशीय पिण्ड पृथ्वी नजिकैबाट गएको छ । पृथ्वीमा हुनसक्ने भयावह तत्कालका लागि भने रोकिएको वैज्ञानिकहरुले बताएका छन् । यद्यपि उनीहरुले उक्त पिण्डको भिडियो फूटेज संकलन गर्न भ्याएका छन् ।

वैज्ञानिकहरुका अनुसार यदी उक्त पिण्ड पृथ्वीमा ठोक्किएको भए जापानको हिरोसिमा र नागासाकीको भन्दा पनि ठूलो क्षति हुने थियो । २००६ मा पत्ता लगाइएको यो क्षुद्रग्रह यही साता पृथ्वीबाट ७० हजार किलोमिटर दूरी परबाट आफ्नै कक्षबाट गएको हो ।

रुसमा विशाल प्रदर्शन, ५० हजार मानिस सडकमा

मस्को : रुसमा निष्पक्ष चुनावको माग गर्दै दशौँ हजार मानिस सडकमा उत्रिएका छन् । आइतबार राजधानी मस्कोमा भएको प्रदर्शनमा ५० हजारजति नागरिक आन्दोलनमा उत्रिएको बताइएको छ । राजनीतिक मुद्दालाई लिएर पछिल्ला केही वर्षयता यहाँ भएका आन्दोलनमा यो सबैभन्दा ठूलो आन्दोलन हो । ‘हामीलाई मताधिकार देऊ !’, ‘जनतालाई ढाँट्न बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शनकारीले बोकेका छन् ।

भाजपाका नेताकाे टिप्पणी, ‘भारतको नम्बर वान दुश्मन चीन नै हो !’

नयाँदिल्ली ः भारतीय जनता पार्टीका एक नेता तथा सांसद राकेश सिन्हाले चीन र पाकिस्तानविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । उनले चीनलाई विस्तारवादी मुलुक भएको आरोप लगाउँदै पाकिस्तानसँग पनि उसको सम्बन्ध नराम्रो रहेको दावी गरे ।

भारतले कश्मीरको विशेषधिकार खारेज गरेपछि चीनले दिएको प्रतिक्रियापछि भाजपाका सांसदले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले चीनलाई ‘भारतको नम्बर वान दुश्मन’ को संज्ञा पनि दिए । राकेशले बिबिसी हिन्दीका लागि दिएको अन्तर्वार्तामा भनेका छन्, ‘चीनको त पाकिस्तानसँग पनि मित्रता छैन । चीनसँग हाम्रो सम्बन्ध छ । आर्थिक सम्बन्ध छ । राजनीतिक सम्बन्ध छ । तर हामी पूर्ण रुपमा स्पष्ट छौँ कि, चीन विस्तारवादी हो । र चीन कहिल्यै असल मित्र बन्न सक्दैन । यदी भारतको नम्बर वान दुश्मन कोही छ भने त्यो चीन नै हो ।’

कंग्रेसकाे नेतृत्वमा फेरि सोनिया गान्धी

नयाँदिल्ली : भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेसको नेतृत्वमा पूर्वअध्यक्ष सोनिया गान्धी फेरि फर्किएकी छन् । अन्तरिम अध्यक्षको रुपमा उनलाई पार्टीले जिम्मा दिएको छ । सोनियाकै छोरा राहुल गान्धी यसअघि अध्यक्ष थिए ।

पार्टीको कार्यकारी समितिको निर्णय अनुसार सोनियालाई अध्यक्षमा चयन गरिएको विज्ञप्तिमार्फत सार्वजनिक भएको हो । पछिल्लो चुनावी परिणामसँगै कंग्रेसको नेतृत्व कसले सम्हाल्ला भनेर केही अन्योल नै थियो ।

संसारभर भारतको विरोध गर्न पाकिस्तानको आग्रह

इस्लामाबाद : पाकिस्तानले विदेशमा रहेका आफ्ना नागरिकलाई १५ अगस्टमा भारतीय उच्चायोग अघि प्रदर्शन गर्न आग्रह गरेको छ । पाकिस्तानी विदेशमन्त्री महमुद कुरैसीले ट्वीटरमार्फत यस्तो आह्वान गरेका हुन् ।

१५ अगस्टको दिन प्रदर्शन गर्दै ‘भारतीय कब्जावाला कश्मीर’मा भएको गैरकानुनी, ‘बर्बर कब्जा’को विरोध गर्न कुरैसीले आग्रह गरेका हुन् । यसअघि प्रधानमन्त्री इमरान खानले भारतले कश्मीरमा लगाएको कफ्र्यू आरएसएस तथा नाजी विचारबाट प्रभावित भएको प्रतिक्रिया दिएका थिए ।

हङकङको प्रदर्शन दशौं हप्तामा, पेट्रोल बम प्रहार


हङकङ : हङकङमा सरकारविरोधी आन्दोलन दशौं हप्तामा पुगेको छ । आइतबार सडकमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पेट्रोल बम र अश्रुग्यास आक्रमण गरेको छ । अध्यागमन विधेयकको विरोध गर्दै सुरु भएको आन्दोलनमा अहिले नेताहरुको राजीनामाको माग उठ्न थालेको छ ।

तान्जानियामा तीन दिन राष्ट्रिय शोक


तान्जानिया : तान्जानियामा तेल ट्यांकर विस्फोटमा ६० जनाको ज्यान गएपछि राष्ट्रिय शोकको घोषणा गरिएको छ । राष्ट्रपति जोन मागुफुलीले आइतबार विज्ञप्ति जारी गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका हुन् । शनिबार राजधानी दार एस सलाम नजिकै मोरोगोरोस्थित तेल ट्यांकर विस्फोट हुँदा ६० जनाको मृत्यु हुनुका साथै ७० जना घाइते भएका थिए । आइतबार भने चार घाइतेको मृत्यु भइसकेको स्थानीय मिडियाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.