३ लाख घुससहित वन अधिकृत पक्राउ

३ लाख घुससहित वन अधिकृत पक्राउ

डडेल्धुरा : डडेल्धुराको भत्काँडा वन सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत सुरेश कुमार डिसी तीन लाख २६ हजार घुससहित पक्राउ परेका छन्। काठको काम मिलाई दिने भन्दै ब्यापारीबाट घुस लिएका डिसिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डडेल्धुराको भाँत्काँडाबाट आइतबार पक्राउ गरेको हो। 

अख्तियारको टोलीले ३ लाख २६ हजार नगद बरामद गरिएको आयोगको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए। ‘ठेकेदारलाई काठ मिलाइदिने भन्दै डिसीले व्यापारीसँग पाँच लाख ४५ हजार बैंकमा हाल्न भनेछन् र उनले रकम बैंकमा हालेछन्, हाम्रो टोलीले ३ लाख २६ हजार बरामद गरेको छ’, उनले भने।  

पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको छ। सहायक वन अधिकृत डिसी लगातार विवादमा आइरहने कर्मचारीका रुपमा चिनिन्छन्। विगतमा भएका वन फडानीका मुद्दामा पनि उनको नाम पटक पटक चर्चामा आएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.