कुराउनीबाट राम्रो आम्दानी

कुराउनीबाट राम्रो आम्दानी

तेह्रथुम : किसानले उत्पादन गरेको दूध बजारमा खपत नभएपछि तेह्रथुमको ग्रामीण भेगका कृषकले कुराउनी र घिउ बनाएर बिक्री गर्न थालेका छन् । किसानले उत्पादन गरेको दूध इन्धन अभावले ढुवानीको समस्या देखाउँदै डेरीले संकलन गर्न छाडेपछि किसानले विकल्पको रूपमा कुराउनी र घिउ बनाएर बेच्न थालेका हुन् ।

म्याङलुङ नगरपालिका–६ सुर्केमा रहेको नवजीवन दुग्ध सहकारी संस्थाको अगुवाईमा कुराउनी तथा घिउ नियमित उत्पादन हुन थालेको छ । कृषकले उत्पादन गरेको दूधले बजार नपाएपछि वैकल्पिक उत्पादन घिउ र कुराउनीको उत्पादनलाई रोजेका हुन् ।

सहकारी संस्थालाई म्याङ्लुङ नगरपालिकाले अनुदानमा कुराउनी बनाउने मेसिन उपलब्ध गराएपछि व्यावसायिक रूपमा कुराउनी उत्पादन सुरु गरेको संस्थाका प्रबन्धक बिजेश भट्टराईले बताए । उनले भने ‘सुरुसुरुमा बजारको समस्या थियो, अहिले माग धान्न मुस्किल भइसक्यो ।’ यसअघि दूध बिक्री नभएर चिन्तित भएका यहाँका किसानको दूध कुराउनी बनाउनका लागि नियमित बिक्न थालेपछि उन्नत जातको गाई पाल्ने किसानको संख्यासमेत बढ्न थालेको छ ।

मध्यपहाडी लोकमार्गले समेत छोएको यस सुर्के बजारमा रहेको सहकारीले दूध संकलन गरी दैनिक ३५ देखि ५० केजीसम्म कुराउनी उत्पादन गर्ने गरेको सहकारीका सदस्य ढुण्डीप्रसाद भट्टराईले बताए । जापनिज प्रविधिद्धारा उच्च गुणस्तरको कुराउनी तयार गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.