कमिसन बुझ्न गएका वडा सदस्यका छोरा पक्राउ

कमिसन बुझ्न गएका वडा सदस्यका छोरा पक्राउ

जनकपुरधाम : विकास निर्माणको काममा बुवाले मागेको कमिसन रकम लिन आएका वडा सदस्यका छोरा पक्राउ परेका छन्। १ लाख ६० हजार रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई जनकपुरबाट पक्राउ गरेको हो। 

महोत्तरीको भंगहा नगरपालिका -८ का वाड सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० हजार रकमसहित पक्राउ गरेको अख्तियारले जनाएको छ। उपभोक्ता समितिमार्फत भएको विकास निर्माणको काममा वाड सदस्य साहले कमिसन मागेका थिए। सो कमिसनको रकम ल्याउन उनले आफ्नो छोरालाई मंगलबार जनकपुर पठाएका थिए।त्यही क्रममा अख्तियारको बर्दिबासको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 

टोलीले भंगहा नपा ८ मा भइरहेको पिसिसी ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वाड सदस्य साहका छोरा मुकेशले १ लाख ६० हजार हिनामिना गरेको पाएपछि सो रकमसहित उनलाई पक्राउ गरेको हो।

जनकपुरको पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै मुकेशलाई नियन्त्रणमा लिइएको हो। सो रकम वाडध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाई लिन पठाएको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.