डेढ लाख घुससहित महोत्तरीमा वडाध्यक्ष पक्राउ

डेढ लाख घुससहित महोत्तरीमा वडाध्यक्ष पक्राउ

काठमाडौं : महोत्तरी भँगाहा नगरपालिका–८ का वडाध्यक्ष मोहमद रफिक आलम डेढ लाख घुससहित पक्राउ परेका छन् ।

सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराइदिए वापत वडा सदस्य कारी साहका छोरा मुकेश साहलाई १ लाख ६० घुस लिदाँलिँदै पक्राउ गरेको छ ।

जनकपुर उपमहानगरपालिका वडा नं ९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट साहलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । नियन्त्रणमा लिइ सोधपुछ गर्दा वडाध्यक्ष आलम र आफ्ना बाबु वडा सदस्य कारी साहले अह्राएअनुसार लिएको बयान दिएपछि भँगाहा नगरपालिका-२ स्थित सितापुर चोकबाट वडाध्यक्ष मोरफिक आलम र वडा सदस्य साहलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.