साँझमा गुन्जिन्छ नारायणी किनार

साँझमा गुन्जिन्छ नारायणी किनार

चितवन : साँझ पर्न थालेपछि नारायणी नदी किनारमा भीड लाग्न सुरु हुन्छ। संगीतको धुन सुरु भएलगत्तै मानिसको ओइरो लाग्छ। संगीतमय भजनमा रमाउनेमा कुनै उमेर समूहको सीमा हुँदैन।दिनभर व्यस्त भएकाहरु फुर्सद निकालेरै साँझमा नारायणी किनारमा पुग्छन्।

बच्चादेखि वृद्धावस्थासम्म उमेर समूहको उपस्थिति देखिन्छ। झमक्‍क साँझमा सुस्ताइरहेको नारायणी नदी किनारमा गुञ्जिने भजनले सबैलाई आकर्षित गर्छ।'अखण्ड सन्ध्याकालिन गण्डकी-नारायणी महाआरतीले नारायणी नदी किनारमा रौनकता बढाएको छ। 

पाँचजना बटुकले शंख ध्वनीबाट महाआरतीको प्रारम्भ गर्छन्। नारायणीतर्फ फर्किएर उनीहरुले विधिपूवर्क कर्म गर्छन्। झण्डै करीब ५० मिनेटसम्म धार्मिक विधिअनुसार आरती र भजनकीर्तन हुन्छ।

संगीतको मिठो धुनमा हुने भजनसहित महाआरतीले सबैलाई मोहित बनाउँछ। महाआरती दर्शकनका लागि आउनेको भीड लाग्छ। बस्नका लागि ठाउँ अभाव हुन्छ। भजन सुन्न आउनेहरु झण्डै डेढ घण्टा समय वितेको पत्तो हुदैन। भजन सुनेर मन्त्रमुग्ध हुन्छन्। नारायणी नदी किनारमा महाआरती सुरु गरेपछि मन्त्रमुग्ध गरिएको छ।

गण्डकी नारायणी संरक्षण महाआरती परिषदले यही वैशाख १ गतेदेखि हरेक साँझ सूर्यास्तको समयमा महाआरती सुरु गरेको हो। नारायणी नदीतिरमा जलसँगै रहेर बैद्धिकमन्त्र उच्चारण गरी संकल्पसहित पूजाअर्चना गरिन्छ।परिषद्का अध्यक्ष प्रेमनिधि भारद्धाजले आरतीले पितृमोक्षका साथै मनोकामना पूरा हुने शास्त्रीय विश्वास रहेको भारद्धाजले बताए। ' हिन्दुधर्म तथा नेपाली संस्कृतिको संरक्षणका लागि यसलाई नियमित गराउने प्रयास हो,' उनले भने।
 
असार २७ गते देखि राष्ट्रिय झण्डा र सनातन ध्वजा पुजनसहित दैनिक ५ वटा महाआरती गरिएको छ। दुईवटा झण्डा र अन्य तीनवटा नदीका लागि आरतीय गरिएको हो। आध्यात्मिक जागरण, सनातन सभ्यता, संस्कार, संस्कृति, परम्परा तथा नारायणी नदीको पर्यावरणीय स्वच्छता ,संरक्षण तथा धार्मीक पर्यटन विकास गर्ने उदेश्यले महाआरती सुरु गरिएको हो। 

हरेक एकादशीमा लाखबत्ती बाल्ने कार्यक्रम तय गरिएको छ। हरिहर सन्यास आश्रम देवघाटका पिठाधिसश्री १००८ स्वामी  ज्ञानानन्द सरस्वती महाराजले महाआरतीय धार्मिक एकता गराउने बताए। ' धर्म संस्कृतिम मर्यादा र परम्परालाई पुन स्मरण गराउनेछ,' उनले भने, ' हामीबीचको मन मनलाई जोड्ने अभियान हो यो आरती।'
 
हरिहर सन्यास आश्रमपरमानन्द संस्कृत गुरूकुलम देवघाटधामका पिठाधीश एवम् नेपाल सन्त समाजका अध्यक्षसनातन संस्कृति र नदी संरक्षणका लागि महाआरती थालिएको परिषदले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.