साउनमा ३ बलात्कारी पक्राउ, प्रहरीदेखि बृद्धसम्म

साउनमा ३ बलात्कारी पक्राउ, प्रहरीदेखि बृद्धसम्म

ओखलढुंगा : ओखलढुंगामा श्रावण महिनामा बलात्कार आरोपमा पक्राउ पर्नेमा प्रहरीदेखि ६५ वर्षीय वृद्ध समेत छन् । साउनयता बलात्कार अभियोगमा प्रहरीले तीन व्यक्तिलाई पक्राउ गरेको छ । किशोरी बलात्कार गरेको आरोपमा एकसाता अघि एक प्रहरी जवान पक्राउ परे । प्रहरी चौकी श्रीचौरमा कार्यरत प्रहरी जवान प्रकाशकुमार यादव जवरजस्ती करणी मुद्दामा पक्राउ परेका हुन् । यादवले जवरजस्ती करणी गरिरहेका बेला किशोरीका बाबुले फेला पारेपछि घटना बाहिर आएको थियो । 

यादवले यसअघि जङ्गलमै घाँस काट्न गएको समयमा साउन २ गते पनि किशोरीलाई बलात्कार गरेको खुलेको छ ।  आरोपित यादवलाई पक्राउ गरी कारबाही प्रक्रिाया अघि बढिसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए । 

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ परेका छन् । चिशंखुगढी गाउँपालिका–६ भदौरेका अम्बरबहादुर मगर पक्राउ परेका हुन् । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको छ । मगरले बालिकालाई प्रलोभनमा पारेर शौचालयमा लगेर करणी गरेको प्रहरीले जनाएको छ । 

साउन १ गते एक ३२ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको आरोपमा लिखु गाउँपालिका–८ का २७ वर्षीय विक्रम विष्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातको समयमा पीडित महिलाको घरको ढोका फोडेर घरभित्र पस्न खोज्दा महिलाले होहल्ला गरी प्रतिकार गर्दा बलात्कृत हुनबाट जोगिएको उजुरीका आधारमा विष्ट पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका तीनै जनालाई म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.