सप्तकोशीले बगाएर बालिकाको मृत्यु
धरान : सप्तकोशीमा पौडी खेल्ने क्रममा डुबेर ११ वर्षीय बालिकाको मृत्यु भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका ६ का शिवराज राईको छोरी मेदिम राईको कोसीले बगाएर मृत्यु भएको हो।
शुक्रबार मृतक बालिकासँगै अन्य चारजना बालबालिका पनि सप्तकोसीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा कोसीले बगाउँदा उनको मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले बताए।
कोशीले बगाउँदै गरेको देखेर तत्काल उनलाई स्थानीय माझीले उद्धार गरेको भएपनि उनको मृत्यु भइसकेको जनाइएको छ ।मृतक बालिकाको शव पोस्टमार्टमका लागि विपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान ल्याइएको छ।