अस्ताइन् अभिनेत्री शुभद्रा अधिकारी

अस्ताइन् अभिनेत्री शुभद्रा अधिकारी

काठमाडौं : नेपाली चलचित्रकी अग्रज कलाकार शुभद्रा अधिकारीको निधन भएको छ। अधिकारीको  ७२ वर्षको उमेरमा शनिबार बिहान निधन भएको चलचित्र कलाकार संघकी उपाध्यक्ष अभिनेत्री उप्रतीले जानकारी दिएकी छिन्।

२००४ साल भदौ २० गते काठमाडौंको असनमा जन्मिएकी अधिकारी सानै उमेरदेखि कलाकारितामा लागेकी थिइन्। बुवा डिठ्ठा बलराम र आमा नुरादेवीकी सुपुत्री शुभ्रदाले सयौं नेपाली चलचित्रमा अभिनय गरेकी छिन्।  उनकी आमा पनि गायिका थिइन्।

'मनको बाँध' बाट नेपाली  चलचित्रमा अभिनय यात्रा थालेकी अधिकारीले चिनो, कन्यादान, बासुदेव, वसन्ती, बाटोमुनिको फूल, मुनामदनजस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन्। टेलिफिल्म र  नाटककी अब्बल कलाकार हुन् ।  

पाँच वर्षको उमेरदेखि नै सरस्वती क्याम्पसबाट शास्त्रीय नृत्य सुरु गरेकी अधिकारी कुशल नृत्याङ्गना समेत हुन्। कचिमचा नामक नेवारी नाटकमा पाँच वर्षको उमेरमा नै उनले अभिनय गरेकी थिइन्। सानैमा बुवालाई गुमाएकी अधिकारीको अधिकांश समय मामाघरमा बितेको थियो। मामाघरको साहित्यिक, सांगीतिक वातावरणले उनलाई सानो उमेरदेखि नै कलाकार बनायो । उनले राष्ट्रिय नाचघरमा लामो समय का गरेकी थिइन्। २०५८ सालसम्म उनी जाचघरको जागिरे थिइन्। 

उनी पछिल्लो केही महिनादेखि दम रोगका कारण अस्वस्थ थिइन्।उनको ६३ वर्षे कलायात्रालाई समावेश गरेर कलाकार शुभद्रा अधिकारी जीवनगाथा पुस्तक पनि प्रकाशित छ।उनका एक छोरा र एक छोरी छन्। 

 अभिनेत्री रेजिना उप्रतीकाअनुसार अधिकारीको शव शनिबार दिउँसो १ देखि ३ बजेसम्म श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमा राखिने र आजै अन्त्येष्टि गरिनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.