सरकारकै कारण लोकतन्त्र खतरामा : कोइराला

सरकारकै कारण लोकतन्त्र खतरामा : कोइराला

विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारकै कारण लोकतन्त्र खतरामा परेको बताएका छन् । पछिल्लो समय सरकारले प्रस्तुत गर्ने हरेक विधेयक लोकतन्त्रको विपक्षमा देखिनु यसको उदाहरण भएको उनले दावी गरे। 

रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण समारोहमा सहभागी हुन विराटनगर आएका नेता कोइरालाले लोकतन्त्रको विपक्षमा सरकारले ल्याउने हरेक विधेयकको कांग्रेसले विरोध गर्ने बताए।'कांग्रेस सरकारको सधैं बिरोध गर्नुपर्छ भन्ने मानसकितामा होइन, लोकतन्त्र बचाउ अभियानमा लागेको हो।सरकारले लोकतन्त्र विरोधी विधेयक ल्याए कांग्रेसले विरोधसँगै संसदमा लडाई गर्छ,' कोइरालाले भने। 

दुई तिहाईको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसक्दा लोकतन्त्रमाथि चौतर्फी आक्रमण शुरु भएको र त्यसपछि लोकतन्त्र विरोधी विधेयकको सरकार आफैले थुप्रो लगाउँदा सरकार आफै धरापमा पर्दै गएको कोइरालाको भनाई छ।

मिडिया काउन्सिल विधेयकका विषयमा बोल्दै उनले सरोकारवालासँग छलफल नगरी ल्याउने मिडिया काउन्सिल विधेयकले लोकतन्त्र धरापमा पर्ने बताए। नेता कोइरालाले लोकतन्त्रको हित र लोकतन्त्रवादीका लागि सो विधेयक फिर्ता गर्दै सरोकारवालासँग छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिए।

सोही क्रममा उनले मानवधिकार आयोग संविधानमै स्वायत्त संस्था भनिए पनि महान्यायाधीवक्ता मातहतमा राख्न खोजेको आरोप लगाए। जसले मानवधिकारको पहिचान र अस्तित्व गुम्ने खतरा रहेको उनको भनाइ छ।राजतन्त्रका पक्षधर र नेकपा विप्लव समुहले लोकतन्त्र समाप्त पार्न आफ्ना गतिविधि बढाएको उनको जिकिर थियो। नेता कोइरालाले सरकारले जनचाहनाअनुरुप काम गरे अस्थिरता मच्याउने तत्वहरु आफै निस्क्रिय भएको दाबी गरे।

कार्यक्रममा पत्रकार शंकर खरेललाई रमाप्रसाद मायादेवी पत्रकारिता पुरस्कार प्रदान गरियो। उनले पुरस्कार वापत प्राप्त भएको १५ हजार रुपैयाँ प्रेस युनियन मोरङलाई प्रदान गर्ने घोषणा गरे। सो पत्रकारिता पुरस्कार २ लाख रुपैयाँको अक्षयकोषबाट सुरु गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.