बालिका बलात्कारका दोषीलाई १६ वर्ष कैद

बालिका बलात्कारका दोषीलाई १६ वर्ष कैद

उदयपुर : बालिका बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उदयपुरको त्रियुगा नगरपालिका–६ लालपत्ताका ४५ वर्षीय रामबहादुर बिकलाई जिल्ला अदालतले बिहीबार १६ वर्ष कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दीपक खनालको एकल इजलासले ६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कैदसँगै र पीडितलाई २५ हजार क्षतिपुर्ति उपलब्ध गराउने गरी फैसला सुनाएको हो ।

अदालतले साउन २१ गते कसुर ठहर गर्दै सजाय निर्धारणका लागि भदौ ५ गते पुनः पेस गर्ने गरी आदेश दिएको थियो । अदालतको आदेशपछि कारगार पठाइएका बिकलाई पुनः बिहीबार अदालतमा हाजिर गराइएको श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

कसुरदारले ०७५ माघ १८ गते बालिकालाई बलात्कार गरेका थिए । उनीविरुद्ध पीडितका अभिभावकले सोही दिन जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी लगत्तै पक्राउ परेका कसुरदारलाई अदालतले फागुन १४ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.