ट्रक र एम्बुलेन्स ठोक्‍किँदा १ को मृत्यु, ६ घाइते

ट्रक र एम्बुलेन्स ठोक्‍किँदा १ को मृत्यु, ६ घाइते

विराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका- ७ स्थित पूर्व पश्चिम राजमार्गमा बिहीबार राति ट्रक र एम्बुलेन्स ठोक्‍किँदा १ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन्। राति करिब १ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च २००३ नम्बरको एम्बुलेन्स र बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख १९२५ नम्बरको ट्रक ठोक्‍किएका थिए।

दुर्घटनामा एम्बुलेन्स चालक इलाम नगरपालिका २ का २१ वर्षीय रमेश निरौलाको घटनास्थलमा नै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगरका सूचना समन्वय अधिकारी प्रहरी बरिष्ठ उपरीक्षक किशोरकुमार दाहालले बताए।

दुर्घटनामा एम्बुलेन्समा सवार ५ जना र ट्रकका सहचालक घाइते भएका छन्।घाइते सबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ।

ट्रकका चालक भने फरार रहेका छन्।दुर्घटनामा परेका दुवै सवारी साधन इलाका प्रहरी कार्यालय बेलवारीको नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.