राधाकृष्ण रथयात्रामा लुटपाट, ८४ जना पक्राउ

राधाकृष्ण रथयात्रामा लुटपाट, ८४ जना पक्राउ

विराटनगर : राधाकृष्ण रथयात्राका क्रममा लुटपाट गरेको आरोपमा ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगरमा शनिबार साँझ निकालिएको रथयात्राको भिडमा लुटपाट गर्नेमध्ये १२ जना भारतीय नागरिक रहेका छन्। 

रथयात्राको क्रममा मेला भर्न आएका भक्तजनले लगाएको बहुमूल्य सुन, चाँदीका गरगहना, नगद तथा पर्स लुटिएका थिए। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजकुमार खिउंजुका अनुसार लुटेराहरुको साथबाट सुनको सिक्री ३ थान, विभिन्न कम्पनीका मोबाइल २० थान, चाँदीको बाला १ थान, जेन्स पर्स ४ थान, लेडिज पर्स १ थान र नगद १२ हजार फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मध्ये ७ जनालाई शनिबार रातिनै आफन्तको जिम्मामा छाडिएको छ। ७७ जना मध्ये १९ जनालाई चोरी, चोरी गर्ने उद्योग र अभद्र मुद्धा शिर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 

उनीहरु पेसेवर चोरीमा संलगन रहेकाले मुद्धा चलाइएको प्रहरीले जनाएको छ। बाँकी ५८ जनालाई भने आइतबार आफन्तको जिम्मा लगाई छाडिएको प्रहरी नायव उपरिक्षक खिउंजुले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.