फौजी किराले मकै सखाप

फौजी किराले मकै सखाप

ओखलढुंगा : ओखलढुंगाको राजमार्ग आसपासका बारीमा लगाइएका हिउँदे मकै फौजी किराले सखाप पारेको छ। सिद्धिचरण राजमार्ग र ओखलढुंगा हलेसी सडक आसपासका क्षेत्रमा फौजी किराले मकै बाली सखाप पारेको हो।

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको कटारी नगरपालिका १३ मा हिउँदे किराको आतंक फैलिएको हो। किसानले हिउँदे मकै सखाप पारेपछि किसान चिन्तित बनेका छन्। मानेभञ्ज्याङको हिलेपानी, सोक्माटार, थाक्ले र मानेभञ्ज्याङ गाउँमा लगाइएको मकैबाली सखाप पारेको सोक्माटारका किसान क्षमराज राईले बताए। उनले भने, ‘मकै मात्रै होइन, बोटबिरुवाका चिउलासमेत सखाप पारेर खाएको छ।’

बर्खे मकै खडेरीले सुकेपछि किसानले असार अन्तिम साता हिउँदे मकै लगाएका थिए। हिउँदे मकैसमेत फौजी किराले सखाप पारेपछि जीविकोपार्जनमा समस्या भएको अर्का किसान रामकुमार राईले बताए। उनले भने, ‘१५ दिन अघिसम्म केही थिएन, अहिले सबै मकैको गुबा खाइदिएको छ, बर्खे मकै खडेरीले खायो, हिउँदे फौजीले।’

किराले विभिन्न गाउँमा पाँच सय रोपनीभन्दा बढीमा लगाइएको मकै सखाप पारेको स्थानीयले बताए। फौजी किरा दुई रङको फेला परेको छ। सोक्माटारमा सेतो र मानेभञ्ज्याङको रिचुवामा हरियो रङको छ। ठूलो समूहमा आएर घाममा मकैको गुबोभित्र पसेर खाने राति कलिला पात खाने भएकाले यसलाई फौजी किरा भनिएको हो।

किराले गुबो खाएपछि मकै नपलाउने र घोगा नलाग्ने स्थानीय नरेश राईले बताए। राईका अनुसार घडेरीले बर्खे मकै सुकेपछि निकालेर हिउँदे लगाएका किसानहरू फौजीका आतंकबाट हैरान भएका छन्। ‘वर्षभरि खाने मकै सुकिहाल्यो, हिउँदे किराले खायो, अब अनिकाल लाग्ने भयो’, ७१ वर्षीय जयलाल राईले गुनासो गरे।

नियन्त्रण गर्न प्राविधिक टोली

फौजी किराको प्रकोपबारे कृषि ज्ञान केन्द्रको प्राविधिक टोलीले स्थलगत अनुगमन गरेर नमुना संकलन गरे पनि पहिचान गरेको थिएन। उक्त नमुना प्रदेश कार्यालयमा पठाएपछि विषादीसहितको टोली ओखलढुंगा आउन लागेको बताइएको छ।

किरा नियन्त्रण गर्न विषादीसहितको प्राविधिक टोली खटाइएको गाउँपालिका अध्यक्ष मोतिराज राईले बताए। कृषि ज्ञान केन्द्र विराटनगरबाट झिकाइएका प्राविधिक प्रकोप स्थलमा खटाइएको राईको भनाइ छ। विषादी छर्केर किरा नियन्त्रण गर्ने तयारी गरिएको छ।

मान्छेमा पनि आक्रमण

किराले घाँस तथा मकैका घोगासमेत खाने गरेको छ। सोक्माटारका स्थानीय ठण्डबहादुर राईका अनुसार किराले मान्छेलाई समेत टोक्ने गरेको छ। बालबालिकालाई घरबाहिर पठाउन चुनौती थपिएको उनले बताए। अर्का स्थानीय क्षमराज राईले तीन जनालाई फौजी किराले मकै गोड्ने क्रममा टोकेको बताए। उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको उनको भनाइ छ।

‘तीन जनालाई टोकिसक्यो, मान्छेलाई समेत नछोड्ने भयो’, मान्छेलाई किराले टोकेको विषयमा मानेभञ्ज्याङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले त्यस्तो सूचना नआएको बताए। उनले त्यसबारे अध्ययन गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.