ट्रम्पपत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिनको त्यो अंकमाल‍...

ट्रम्पपत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिनको त्यो अंकमाल‍...

पेरिस : ‘जी सेभेन’ सम्मेलनका लागि यतिबेला प्रभावशाली मुलुकका नेताहरु फ्रान्समा छन् ।

तीमध्ये क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडो पनि छन् । जस्टिन मात्रै छैनन्, त्यहाँ अमेरिकी ‘फस्र्ट लेडी’ मेलानिया ट्रम्प पनि छिन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी पत्नी मेलानिया र क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोका केही ‘मोमेन्ट’ यतिबेला अन्तर्राष्ट्रिय मिडियामा गस्सिप नै बनेका छन् ।

जी सेभेन सम्मेलनको पहिलो साँझ अधिकांश नेता दम्पतिसँगै उपस्थित भएका थिए । यस क्रममा मेलानियाले एकै दिनमा लगाएका दुईथरी ‘ड्रेस अप’को पनि चर्चा नै भयो । निख्खर रातो र निख्खर सेतो ड्रेसमा उनी सजिएकी थिइन् ।

यससँगै क्यानेडियन प्रधानमन्त्रीसँग उनले अंकमाल गरेको र हात मिलाएको तस्बिरलाई लिएर गस्सिप बनाइएको छ । यतिसम्म कि, ‘संसारकै सेक्सी नेता’को रुपमा चर्चा गरिने जस्टिनसँग मेलानियाको निकटताबारे सामाजिक सञ्जालमा चर्चा गरिन थालिएको छ ।

‘ह्यासट्याग ट्रुडोलभ्समेलानिया’ समेत ट्वीटरमा चलाउन थालिएको छ । खासमा डोनल्ड ट्रम्पकै पछाडिपट्टी उभिएकी मेलानियाले जस्टिनलाई जसरी अंकमाल गरिन् उक्त ‘मोमेन्ट’लाई उनीहरुको ‘इन्टिमेट पोजिसन’को रुपमा अथ्र्याइएको छ ।

त्यसो त, मेलानिया र जस्टिनको २०१७ मा पनि यस्तै किसिमको भेट भएको थियो । त्यसबेला पनि उनीहरु बारे यस्तै गस्सिप बनेको थियो । यसरी पूर्वमोडेल समेत रहेकी ४९ वर्षीया मेलानियाको ४७ वर्षीय जस्टिनसँग नाम जोडिएको बारे मेलानियाले कुनै प्रतिक्रिया दिएकी छैनन् । डोनल्ड ट्रम्प पनि यस्ता समाचारबारे मौन छन् । सामाजिक सञ्जालमा ‘के जस्टिन मेलानियालाई माया गर्छन् ?’ भन्दै जिज्ञासा र ठट्टा गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.