संसद्‍मा कश्मीरको विषयमा प्रश्न

संसद्‍मा कश्मीरको विषयमा प्रश्न

हेटौंडा : प्रदेश ३ को संसद्‍मा कश्मीरबारे नेपालले देखाएको मौनताको विषयमा प्रदेशसभा सदस्यले प्रश्न गरेका छन्। भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण कश्मीरमा भएको तनाव र भारतले पछिल्लो समयमा उठाएको कदमबारे नेपालले कुनै  प्रतिक्रिया नदेखाएको भन्दै प्रदेशसभा सदस्यले प्रश्न गरेका हुन्। 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले कश्मीरको विषयमा सरकारले लम्पसारवादको नीति लिएको आरोप लगाए। ‘सरकारले यो विषयमा गैह्रजिम्मेवार रवैया देखाएको छ’, उनले प्रश्न गरे, ‘परराष्ट्र नीतिमा नजिकैबाट नियालेको भनेको के हो ? हामीले बुझ्न सकेनौं।’

नेपाल मजदुर किसान पार्टीकी प्रदेशसभा सदस्य सिर्जना सायँजुले कश्मीरको विषयमा भारत देखाएको हैकमबारे नेपालले मुख खोल्नुपर्ने बताइन्। उनले सार्क राष्ट्रको अध्यक्षको हैसियतले पनि नेपाल बोल्नुपर्ने उनको भनाइ छ।

‘के हामी मौन बसेर मोदीको अनुयायी बन्न खाजेका हौँ ', सायँजुले प्रश्न गरिन्। नेपाल मजदुर किसान पार्टीका अर्का प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाँईले पनि यस विषयमा बोल्नुपर्ने बताए। 

नेकपाका प्रदेशसभा सदस्यले भने यस विषयमा सरकारको बचाउ गरेका छन्। नेपालले असंग्लन परराष्ट्र नीति अबलम्वन गरेको र यो विषयमा संयुक्त राष्ट्र संघले बोल्ने भन्दै सरकारको बचाउ गरेका हुन्।
 
बैठकमा बोल्दै नेकपा प्रदेशसभा सदस्य नारायण सिलवालले सडकका केही चटके र जोक्करले प्रतिपक्षको काम गर्न खोजेको भन्दै प्रतिपक्ष दलको भूमिकाबारे प्रश्न गरे। नेकपाका प्रदेशसभा सदस्य बसन्त मानन्धरले बजेट कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्ने बताए। 

मंगलबारको बैठकबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी बनेको विधेयक प्रतिवेदनसहित पास भएको छ। प्रदेशसभा नियमावली  पहिलो संशोधनसहित पारित भएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.