सेनाले साढे ३ वर्षमा फास्ट ट्रयाकको काम सक्ने
काठमाडौं : राजधानीलाई तराईसँग जाेड्ने फास्ट ट्रयाकको निर्माणकार्य साढे ३ वर्षमा टुंग्याउने दाबी नेपाली सेनाले गरेको छ। फास्ट ट्रयाक निर्माणको जिम्मा लिएको सेनाले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो दाबी गरेको हो।
प्रचलित दर रेटमा उतारचढाव र केही डिजाइन परिवर्तन भएकाले लागत बढेको भनाइ सेनाको छ। द्रुत मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भएको सेनाको दाबी छ। सेनाले २०७४ वैशाखमा चार वर्षको समयावधिसहित जिम्मेवारी पाएको थियो। सेनाले आगामी डेढ वर्षमा काम सम्पन्न गर्नुपर्ने थियो। डीपीआर तयारीमा भएको ढिलाइका कारण आयोजनाको म्याद थपिएको हो।
७६ किमी दूरीको यो ट्रयाक मुलुकको आर्थिक विकासको मेरुदण्ड मानिदै आएकाे छ। सेनाले प्रत्येक सात किमीमा शिविर खडा गरेर कामलाई अघि बढाएको थियो। ललितपुरको खोकनाबाट शुरु भइ बाराको निजगढमा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिने यो द्रुतमार्ग साना ठूला गरी करिब १०० पुल निर्माण हुँदैछन्।