स्वायत्त संस्था गठन विधेयक पारित
विराटनगरः प्रदेश स्वायत्त संस्था गठन सम्बन्धमा बनेको विधेयक प्रदेश १ को प्रदेशसभा बैठकले पारित गरेको छ। विधेयक पारित भएसँगै प्रदेशको स्वायत्त संस्था तथा निकाय गठन गर्ने बाटो खुलेको छ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रतिवेदनसहित पेस गरेको उक्त विधेयक प्रदेशसभाको बुधबार बसेको बैठकले सर्वसम्वत् पारित गरेको हो।
प्रदेशसभा बैठकले सो विधेयकलाई दफाबार छलफलका लागि न्याय प्रशासन तथा विधायन समितिमा पठाइएको थियो। मन्त्री कार्कीले प्रतिवेदनसहितको विधेयकमाथिको छलफल गरियोस भनी बैठकमा प्रस्ताव पेस गरेका थिए।
अब प्रदेशमा गठन हुने आम सञ्चार प्रतिष्ठान, पर्यटन प्रतिष्ठानजस्ता स्वायत्त संस्था तथा संरचनाको छुट्टा–छुट्टै कानुन बनाउनुपर्ने अवस्था अन्त्य हुनेछ।
प्रतिक्रिया दिनुहोस !
१