राजपामा चुलियो विवाद

राजपामा चुलियो विवाद

काठमाडौं : राजपा संयोजक राजकिशोर यादवले पार्टीको राजनीतिक समिति बैठक बोलाएपछि राजपामा विवाद चुलिएको छ। संयोजक यादवले अध्यक्ष मण्डलका अन्य सदस्यहरुसँग परामर्शसमेत नगरी बैठक बोलाएको भन्दै यादव इतरका अध्यक्ष मण्डल सदस्यहरुले आपत्ति जनाए।

यादवले शुक्रबार र शनिबार बस्नेगरी दुई दिने राजनीतिक समिति बैठक डाकेका हुन्। यसअघि यादवले गत २ भदौमा बोलाएको अध्यक्ष मण्डल बैठक पनि बस्न सकेको थिएन। यादवले बोलाएको अध्यक्ष मण्डल बैठकमा नेताहरु राजेन्द्र महतो र शरदसिंह भण्डारी नगएपछि बैठक बस्न सकेन। त्यसपछि रुष्ट बनेका संयोजक यादवले अन्य सदस्यहरुसँग सामान्य परामर्श नै नगरी १३ र १४ भदौमा बस्नेगरी राजनीतिक समिति बैठक डाकेका हुन्।

यादवले बोलाएको बैठकमा अध्यक्ष मण्डलका सदस्य अनिल झाबाहेक अन्य पक्ष सहभागी नहुने भएपछि राजपामा विवाद तीव्र देखिएको हो। राजपाको राजनीतिक समिति २७ सदस्यीय छ। पार्टीमा विवाद देखिएपछि बिहीबार अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको निवासमा ६ जना अध्यक्षहरु अनौपचारीक रुपमा तीन घण्टा लामो बैठक बस्यो। बैठकले शुक्रबार औपचारिक रुपमा अध्यक्ष मण्डलको बैठक बसेर राजनीतिक समितिको बैठक र एजेण्डाबार नयाँ ढंगबाट निर्णय लिने सहमति भएको राजपाका महासचिव सीपी सिंहले जानकारी दिए।

पछिल्लो समयमा राजपा र समाजवादी पार्टीबीच एकिकरण प्रयास तीव्र भइरहेका बेला पार्टीमा विवाद चुलिएको छ। अहिले राजपाका संयोजक रहेका यादव र अर्का अध्यक्ष मण्डल सदस्य झा समाजवादी पार्टीसँग एकिकरणको विपक्षमा उभिँदै आएका छन। महासचिव सिपी सिंहले शुक्रबारदेखि बस्न लागेको राजपाको राजनीतिक समिति बैठकमा तीन एजेण्डा भएको र त्यसमा एकिकरणको मुद्दासमेत रहेको बताए।

संयोजकमा यादव आएपछि राजपाको कार्यालय सञ्चालनको जिम्मेवारीसमेत लिएका महासचिव सिंहले भने, ‘बैठकका लागि तीन एजेण्डा तय भएको छ। पार्टीको महाधिवेशन, समाजवादी पार्टीसँगको एकिकरण र समसामयीक राजनीतिक विषय।’ राजपामा दुई महिने संयोजक बन्ने प्रावधान अनुसार गत साउन ६ गते यादव संयोजक बनेपछि एउटा पनि औपचारीक बैठक बस्न सकेको छैन।

आफ्नो कार्याकाल सकिनुअघि यादवलाई बैठक गर्न हम्मेहम्मे परेको छ। राजपाका अर्का महासचिव केशव झाले पार्टीको राजनीतिक समिति बैठक बोलाउने र त्यसको एजेण्डा तय गर्ने अधिकार अध्यक्ष मण्डललाई मात्रै भएको जिकिर गर्दै संयोजकले बोलाए मात्रै बैठक वैद्यानिक हुन नसक्ने दाबी गरे। गत मंसिरमा बहुमत अध्यक्ष मण्डलद्वारा ठाकुरले पार्टी एकिकरणदेखि गर्दै आएको जिम्मेवारी खोसेका थिए।

त्यसपछि दुई महिने आलोपालोमा चलिरहेको राजपाको संयोजकको पद पुनः आउदो ६ गते ठाकुरकै काँधमा आउन लागेको छ। यसअघि वैशाखमा बसेको राजपा पदाधिकारी बैठकले ठाकुरको संयोकत्वमा महाधिवेशन मुल तयारी समिति गठन गरेको थियो। बैठकमा कार्तिक २८ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय भएको थियो। तर ठाकुरले महाधिवेशन तयारी संयोजक भएको ५ महिना बित्नलाग्दा एउटा पनि बैठक नगरेपछि महाधिवेशन हुनेमा पुन अन्योल देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.