एक वर्षमा मुलुकको घाटा २ खर्ब ६५ अर्ब ६७ करोड

एक वर्षमा मुलुकको घाटा २ खर्ब ६५ अर्ब ६७ करोड

काठमाडौं : बितेको आर्थिक वर्षमा मुलुकले दुई खर्ब ६५ अर्ब ३७ करोड घाटा बेहोर्नु परेको छ । गत आर्थिक वर्ष २०७५–७६ मुलुकको चालु खाता दुई खर्ब ६५ अर्ब ३७ करोड रूपैयाँ घाटामा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो घाटा गत आर्थिक वर्षमा विदेशी विनिमय कारोबारको आँकडा हो । चालु खाताअन्तर्गत वस्तु र सेवा व्यापार तथा ट्रान्सफर समावेश हुन्छ । चालु खाताको स्थितिले मुलुकको अर्थतन्त्र कति सशक्तता मापन गरिन्छ । चुलिँदो चालु खाता घाटाले अर्थतन्त्रमा आसन्न संकटको संकेत गरेको अर्थशास्त्रीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुलुकको आर्थिक तथा वित्तिय स्थिति प्रतिवेदनले मुलुकको शोधनान्तर घाटा अर्थात् भुक्तानी सन्तुलनको स्थितिमा भने जेठ महिनाको भन्दा असार अन्तिममा केही सुधार देखाएको छ ।

गत आवको जेठ महिनामा ९० अर्ब ८३ करोड रूपैयाँ घाटामा थियो । सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् गतअसारमा २३ अर्ब रूपैयाँविदेशी सहायताको शोधभर्ना प्राप्त गरेकाले शोधनान्तर घाटा केहीकमभइ ६७अर्ब ४० करोड रूपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७४/७५ माशोधनान्तर ९६ करोड रूपैयाँ नाफामा थियो । चालु खाता र पुँजी तथा वित्तिय खाताले शोधनान्तरको स्थितिलाई देखाउँछ । पुँजी खातामा भने वैदेशिक लगानी, विदेशी ऋण तथा अनुदान, वाणिज्य बैंकले विदेशी मुद्रामा विदेशमा गरेको लगानी तथा नेपालका बैंक वित्तिय संस्था तथा निजी क्षेत्रले विदेशबाट ल्याएको ऋण समेत समावेश हुन्छ । पुँजीखाताको दायित्व दीर्घकालीन हुुन्छ । चालु खाता घाटाले यथार्थ समयमा मुलुकमा भित्रिएको र बाहिरिएको विदेशी मुद्राको हिसाब देखाउने हुँदा यसलाई अर्थतन्त्रको प्रबल सूचक मानिन्छ ।

गत आर्थिक वर्षमा विदेशी लगानी आप्रवाह पनि घटेको छ । समीक्षा अवधिमा १७ अर्ब ५१ करोड रूपैयाँ विदेशी लगानी आएको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुँदा पनि मुलुकको चालु खाता घाटा थप गहिरिएको छ । पछिल्लो समय सेवा व्यापारतर्फको घाटा पनि चुलिँदै गएको छ । समीक्षा अवधिमा सेवा व्यापारतर्फ १६ अर्ब ५२ करोड रूपैयाँ घाटा छ ।

गत आवमा विप्रेषण आप्रवाह ८ खर्ब ७९ अर्ब रूपैयाँ छ । अमेरिकी डलरमा पनि विप्रेषणको वृद्धिदर ७.८प्रतिशत छ भने नेपाली रूपैयाँमा १६.५ प्रतिशतको वृद्धिदर छ ।
उपभोक्ता मुल्यवृद्धि भने बढ्दै गएको छ । मुद्रास्फिति गत आवको अन्तिम महिनामा ६ प्रतिशत पुगेको छ । वर्षभरको औसत मुद्रास्फिति पनि २०७४–७५ को ४.२ प्रतिशतबाट वृद्धि भइ ४.६ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा १४ खर्ब १९ अर्ब रूपैयाँको आयात र ९७ अर्ब ११ करोड रूपैयाँको निर्यात भइ व्यापार घाटा १३ खर्ब २१ अर्ब रूपैयाँ छ ।

गत आर्थिक वर्षमा विदेशी मुद्राको सञ्चिति अमेरिकी डलरमा ५.८ प्रतिशतले घटेर ९ अर्ब ५० करोड अमेरिकी डलर छ । उपलब्ध सञ्चितिले ७.८ महिनाको आयात धान्न मात्र पर्याप्त हुने केन्द्रीय बैंकले उल्लेख गरेको छ । समीक्षा अवधिमा प्रमुख आयातमा पेट्रोलियम, सवारी साधन, मेसिनरी, एमएस बिलेट र सुन छन् । यस्तै, प्रमुख निर्यातको सूचीमा कार्पेट, पोलिस्टर यार्न, जुट, जुस र अलैंची रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.