बैंकको १८ करोड काण्डका आरोपित पक्राउ

बैंकको १८ करोड काण्डका आरोपित पक्राउ

दाङ : देव विकास बैंक नारायणपुर दाङ शाखाको १८ करोड हिनामिना गरेको आरोपमा उज्ज्वल आचार्यसहित १० जना पक्राउ परेका छन्। आचार्य नेपाल संस्कृत विश्व विद्यालय दाङका कर्मचारी तथा नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन्। 

आचार्यसहित १० जनालाई दाङ प्रहरीले पक्राउ गरेको हो। बैंकको १८ करोड हिनामिनामा आचार्यलगायतका व्यक्तिको संलग्नता रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।  भदौ ३ गते देव विकास बैंकका नारायणपुर शाखाका म्यानेजर घोराही १५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो। 

नक्कली ऋणि बनाएर बैकको १८ करोड हिनामिना गरेको आरोपमा पक्राउपछि अनुसन्धान भइरहेका बेला बुढाथोकीले त्यसमा संलग्न रहेका अन्य व्यक्तिको नाम लिएका थिए।

प्रहरीले आचार्यसहित थप १० जनालाई पक्राउ गरी उच्च अदालत तुलसीपुर वाणिज्य इजलासबाट आइतबार म्यादसमेत थप गरेको दाङका प्रहरी निरीक्षक राजेन्द्र गौतमले जानकारी दिए।
 
‘घोराही उपमहानगरपालिका १० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर बुढाथोकीको सक्रियतामा ठुलै गिरोह १८ करोड घोटालामा देखिएको छ। गौतमले भने धेरैजना प्रत्यक्ष संलग्न रहेको हुदा नियन्त्रणको क्रम जारी रहेको बताए। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमले समातिएका १० जनाको खातामा १८ करोड मध्यको रकम बैकबाट रकम टान्सफर भएको र उनीहरुले पटकपटक गरेर रकम निकासा गरेको पाइएको गौतमले बताए। 

गौतमको विवरण खुले पनि अन्य व्यक्तिको भने विवरण खुलाइएको छैन। पक्राउ परेका सबैलाई ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ। 

बैंक म्यानेजर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ बैकमा नक्कली ऋणि खडा गरि हिनामिना गरेको देखिएको थियो। असार महिना देखि दाङमा केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक र देवः बिकास बैंक मर्ज भएको थियो।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.