सिन्धुलीमा बँदेलको आक्रमबाट एकको मृत्यु, एक घाइते

सिन्धुलीमा बँदेलको आक्रमबाट एकको मृत्यु, एक घाइते

सिन्धुली : सिन्धुलीमा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ एक जना घाइते भएका छन्। घ्याङलेख गाउँपालिका–५ रामपुरखोला बगरमा बँदेलले आक्रमण गर्दा सोही वडाको शान्तेश्वरी बगरटोलका ३५ वर्षीय कृष्ण घिसिङको मृत्यु भएको प्रहरीले जानकारी दिएका छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहकाअनुसार घिसिङको घटनास्थमै मृत्यु भएको हो। सोही ठाउँका १३ वर्षीय कान्छामान घिसिङ सामान्य घाइते भएका छन्।  कान्छामानको टाउकोमा चोट लागेको र उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरी प्रमुख सिंहले जनाए।

खोलाको बगरमा बसिरहेको अवस्थामा जंगलबाट निस्केको बँदेलले दुवै जनालाई आक्रमण गरेको थियो। मृतक घिसिङको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.