टेलिकमको मिस्ड कल अलर्ट ६ रुपैयाँमा

टेलिकमको मिस्ड कल अलर्ट ६ रुपैयाँमा

काठमाडौं : नेपाल टेलिकमले फोन नलागेको, नेटवर्क नभएको वा मोबाइल अफ भएको समयमा गरिएको फोन सम्पर्क पनि पछि हेर्न मिल्ने गरी ‘मिस्ड कल अलर्ट सुविधा’ उपलब्ध गराएको छ। टेलिकमले मासिक ६ रुपैयाँमा नै मिस्ड कल अलर्ट सेवा दिएको हो। यो सुविधाको प्रयोग गरेर अनुकूल समयमा फोन आएको जानकारी लिन सकिन्छ।

टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बुधबार जारी गरेको एक विज्ञप्ति अनुसार मोबाइल नेटवर्क नभएको बेला, ब्याट्री सकिएर वा अन्य कारणले मोबाइल अफ हुँदा, फोन व्यस्त हुँदा वा अन्य जुनसुकै कारणले फोन उठान नसक्दा मिस्ड कल अलर्ट सुविधा लिन सकिन्छ। यसलाई टेलिकमले आगमन कलबारे सन्देश (एसएमएस) मार्फत जानकारी दिने बताएको छ।

रोमिङ सुविधा लिएर विदेश जाँदा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ यो सेवा उपलब्ध हुने टेलिकमको भनाइ छ। मिस्ड कल अलर्ट सेवा जीएसएम पोस्टपेड र प्रिपेड दुवै मोबाइल सेवामा उपलब्ध छ।

यस्तो सेवा लिन मोबाइलमार्फत एस्ट्रिक १४०० ह्यास डायल गरेर उपयुक्त विकल्प छनोट गर्नुपर्नेछ। Sub MCA लेखेर १४०० मा एसएमएस पठाउने सुविधा पनि टेलिकमले दिएको छ। टेलिकमको एप ‘नेपाल टेलिकम’ बाट पनि यो सेवा प्रयोगमा गर्न सकिन्छ। यस्तो सेवा सुविधा मासिक ६ रुपैयाँमै लिन सकिने जानकारी पनि टेलिकमले दिएको छ।

यसअघि टेलिकमले पोस्ट पेड मोबाइल प्रयोगकर्तालाई २० रुपैयाँमा मिस्ड कल अलर्ट दिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.