राजतन्त्रको सपना नदेखे हुन्छ : शर्मा

राजतन्त्रको सपना नदेखे हुन्छ : शर्मा

दाङ : पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्माले दाङको हापुरे मुलुकमा नयाँ व्यवस्था तथा शान्ति स्थापना गर्न पहल र भूमिका खेल्ने स्थानको रुपमा रहेको बताएका छन्।

उनले तत्कालिन अवस्थामा माओवादी र राज्य बीचको वार्ता भएको स्थान हापुरे देशमा शान्ति कायम गर्ने थलो भएको दावी गरे।

दाङको हापुरेमा बिहीबार गरिएको शान्ति सम्मेलमा नेता शर्माले यस्तो बताएका हुन्। उनले शान्ति सम्मेलनले शान्ति प्रक्रियालाई बलियो बनाउने बताए। 

हापुरे वार्ताले नै निरुङकुस राजतन्त्र र शान्ति चाहने जनताको विचारलाई सम्मान गरेको उनले बताए।उनले जनताको राजतन्त्र फाल्ने अभियानमा हापुरे वार्ता सफल भएको स्मरण समेत गरे ।

'हापुरेले नै जनताको विजयको घोषणा गराएको हो,' उनले भने,' यो भूमि अधिकार प्राप्तीको भूमि हो।' 'हापुरेमा जनताको पक्षमा, निकासको पक्षमा, शान्तिको पक्षमा वार्ता टोलीमा प्रस्तुत हुने पार्टी अध्यक्षको निर्देशन थियो,' उनले भने, 'त्यहिअनुरुप हामी पनि प्रस्तुत हुँदा नै शान्ति आउन सफल भएको हो।'

राजतन्त्र जनताको आवाज दवाउन उद्दृत भएकाले केही समस्या आएको भन्दै उनले पछि जनताले र राजनीतिक एकताले त्यो समाप्त गरेको बताए। 'वार्ताले सबै दललाई एक ठाउँमा ल्याउँदा सबैको सहकार्यबाट शान्ति आएको हो,' उनले भने, '१२ बुँदे नेपाली जनताको दस्तावेज हो। त्यो दस्तावेज वार्ताले नै तयार पारेको हो।'

उनले हापुरे वार्ताले नै संविधान बनाउन सफल भएको र राजनैतिक परिवर्तनसहित आएको स्पष्ट पारे।'सबै माग हापुरेका माग हुन्। ती माग हापुरेबाट भएका हुन्। यो हामीले घोषणा गर्नैपर्छ। तर अहिले विभिन्न भ्रम हालेर राजा फर्किने हल्ला बाहिर लगिदै गइएको छ,उनले भने,' त्यो अब सफल हुँदैन।कुनै पनि अवस्था र परिस्थितिले राजा फर्काउँदैन। राजतन्त्रको सपना
कसैले नदेखे हुन्छ। कसैले केही लेख्दैमा राजतन्त्र फर्केर आउँदैन।'

उनले गिरिजाप्रसाद कोइराला र प्रचण्डको साहास र योगदानले देश यहाँसम्म आएको प्रष्ट पारे। 'शान्तिको मुल मर्म सुरु भएको हो,' उनले भने, 'यसलाई तोड्न जुनकुनै शक्तिलाई गाह्रै होला।'

उनले शान्तिका लागि समृद्धि आवश्यक रहेको बताए।'दुई तिहाई बहुमत हुँदैमा केही हुँदैन,' उनले भने, 'दलहरुबीच सहमति सहकार्य र वार्ता हुनुपर्छ । त्यसले मात्रै सबै कुरा सम्भव छ।'

दाङको हापुरेमा २०६० भदौ १ गते राज्य पक्ष र माओवादी पक्षको शान्ति वार्ता भएको थियो । जसलाई पद्यमरत्न तुलाधर र पूर्व सभामुख दमननाथ ढुङगानाले सहजीकरण गरेका थिए। सोही अवसरमा हापुरेमा शान्ति सम्मेलन गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.