नहरमा पानी माग्दै आन्दोलन

नहरमा पानी माग्दै आन्दोलन

धरान : नहरमा पानी माग्दै सुनसरीको गडी गाँउपालिकाका किसान आन्दोलित भएका छन्। सुनसरीको शंकरपुर शाखा नहर, होलैया सतैरझोरा माइनर नहरमा प्रयाप्त पानी नदिएको  कारण धानखेती सुक्न थालेको भन्दै किसान  हातमा औजार बोकेर आन्दोलित भएका हुन्। 

पानी माग्दै आन्दोलनमा उत्रिएका किसानले शुक्रबार सिँचाइ उपभोक्ता समितिको कार्यालय इनरुवा धर्ना दिएर विरोध पर्दशन गरेका छन्। उपभोक्ता समितिले समयमा नहरमा पानी प्रयाप्त नछाडेका करण धानखेती सुक्न थालेको भन्दै आक्रोशित भएका किसानले तत्काल नहरमा पानी नदिए चरणबन्द्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

गडी गाँउपालिकाको विभिन्न स्थानबाट भेला भएका दुई सयभन्दा बढी किसानले इनरुवामा नाराबाजी गर्दै सरकारसँग सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउन माग गरेका हुन्। 

सुनसरी–मोरङ सिँचाइ आयोजनाले किसानलाई धानखेती र अन्य नगदेवाली लगाउन पानी नदिएका कारण खेतमा लगाएको धान सुक्न थालेको स्थानीय किसान पिन्टु यादवले बताए।  

उनले आयोजनाका कर्मचारीले नहर सफाई नगरेको,  सिजनमा पानी नछाडेको, किसानको मारलाई बेवास्ता गरेका कारण आन्दोलनमा उत्रनु परेको बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.