चन्द्रमाको सतहनजिकै पुगेर चन्द्रयान-२ सम्पर्कविहीन
बैंग्लोर : भारतले चन्द्रमामा पठाएको चन्द्रयान–२ चन्द्रमाको सतहमा अवतरण हुनुअघि नै सम्पर्कविहीन भएको छ। भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार चन्द्रमाको सतहभन्दा २.१ किलोमिटर नजिक पुगेपछि चन्द्रयान सम्पर्कविहीन बनेको हो। नेपाली समयअनुसार चन्द्रयान–२ को बिक्रम ल्याण्डर शनिबार बिहान १ : ४५ देखि देखि २ : ४५ को बीचमा चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान थियो।
चन्द्रमामा बिक्रम ल्याण्डर अवतरण गरेको अवलोकन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को मुख्यालयमा गएका थिए। भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धीप्रति हौसला बढाउन पुगेका मोदी निराश बने।
सफलताको नजिक पुगेर चन्द्रयान सम्पर्कविहीन भएपछि इसरोका वैज्ञानिकहरुमा निराशा छाएको थियो। नरेन्द्र मोदीले इसरोका अध्यक्षलगातय वैज्ञानिकहरुलाई यो सानो उपलब्धी नभएको भन्दै निराह नहुन आग्रह गरे।
मेरो तर्फबाट तपाइहरु सबैलाई बधाई, तपाइहरुले देशको खुब सेवा गर्नुभयो’ मोदीले भने–‘विज्ञानको सेवा गर्नुभयो, अनि मानव जातिको पनि हाम्रो यात्रा जारी छ म सधै तपाईहरुकै साथमा छु’।बिक्रम ल्याण्डर चन्द्रमाको सतहमा उत्रने र यानबाट निस्किएर चन्द्रमाको सहतमा खोज गर्ने भनिएको थियो।
जुलाई २२ मा प्रक्षेपण गरिएको चन्द्रयान–२ करिब एक महिनापछि चन्द्रमाको दक्षिण कक्षबाट सतहमा प्रवेश गरेको इसरोका वैज्ञानिकले जनाएका थिए। अमेरिका, रुस, चीनपछि भारत चन्द्रमामा अन्तरिक्ष यान अवतरण गर्ने चौथो देश बन्ने थियो।
इसरोका वैज्ञानिकहरुले डाटा खोजिभइरेहको बताएका छन् । साथै बिक्रम ल्याण्डरले एक वर्षसम्म चन्द्रमाको सतहमा खोज पडताल गरिरहने दाबी गरेका छन्।