विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगर : आरोहण–गुरुकुल विराटनगरको आयोजनामा १० दिने ‘विराटनगर विद्यालय नाटक महोत्सव २०७६’ सुरु भएको छ। प्रदेश १ का प्रदेश प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले महोत्सव उद्घाटन गरे।

आरोहण गुरुकुल विराटनगरले विद्यार्थीलाई सहभागी गराउँदै विद्यालय नाटक महोत्सव आयोजना गरेको हो। कार्यक्रममा प्रदेश प्रमुख तुम्बाहाङले नाटक महोत्सवले विद्यार्थीको सर्वांगीण विकासमा ठूलो भूमिका खेल्ने बताए। उनले समाज परिवर्तनमा नाटकले ठूलो भूमिका निर्वाह गर्ने बताए।

रंगमञ्चको क्षेत्र विस्तार गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। विराटनगरमा मञ्चन हुने नाटकमा दर्शकका रूपमा सहभागिता जनाउने विद्यार्थी यस पटक नाटकमार्फत समाज देखाउँदैछन्। विश्वविख्यात चित्रकार पाब्लो पिकासोका अनुसार ‘हरेक बालबालिका कलाकार हुन् तर जब हामी वयस्क हुन्छौं तबसम्म कसरी कलाकार नै रहिरहने त्योचाहिँ समस्या हो।’ भोलिको समाज आजका ससाना नानीको वर्तमानले निर्धारण गर्छ। उनीहरूको वर्तमानलाई कलाका विभिन्न स्वरूपमा घुल्न दिइयो भने व्यक्तिगत जीवन र समाज रंगीन हुन सक्छ।

कार्यक्रमपछि आयोजक संस्थाले सुशीला कोइराला नाटकघरमा धीरज राईको लेखन तथा विकास पराजुली र राजेश ठाकुरको निर्देशनमा तयार नाटक ‘म–नैतिक’ मञ्चन गर्‍यो। भदौ २१ देखि २९ सम्म विभिन्न नौ विद्यालयले नाटक मञ्चन गर्नेछन्। विराटनगर महानगरपालिकाभित्रका आठ र रंगेली नगरपालिकाको एक विद्यालयले नाटक मञ्चन गर्नेछन्।

महोत्सवमा विराटनगरको सत्यनारायण माविले शनिबार ‘अँध्यारो बाटो’, अन्नपूर्ण एकेडेमीले आइतबार ‘मेहनत र परि श्रमको फल’, पेरागन एकेडेमी माविले सोमबार ‘दसैं’, सेन्ट जोसेफ स्कुलले मंगलबार ‘लक्ष्मीपूजा’, सप्तकोसी स्कुलले बुधबार ‘छाउपडी’, बूढानीलकण्ठ स्कुलले बिहीबार ‘नासो’, लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कुलले शुक्रबार ‘प्रधानमन्त्री’, रविशंकर विद्या मन्दिरले शनिबार ‘चण्डालिका एक अनन्त प्रेमकहानी’ र रंगेली नगरपालिकाको रञ्जनी एकेडेमिक टिचिङ स्कुलले आइतबार ‘परिवेश’ मञ्चन गर्दै नाटक महोत्सव समापन हुनेछ। विराटनगर महानगरपालिकाको प्रवद्र्धन र सांग्रिला बुक्सको सहयोगमा आरोहण गुरुकुल विराटनगरले महोत्सव आयोजना गरेको हो।

रंगकर्मी सुनील पोखरेलका अनुसार नाटक र जीवनबीच धागो जत्रै पातलो रेखाको अन्तर छ, नाटक समाजको ऐना हो। उसोभए समाजका हरेक तŒवका अन्तर्यमा पुगेर नाटकबाट जीवन बुझ्न सकिन्छ, जीवन जिउने कला सिक्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.