मोडलिङबाट समाजसेवाको लक्ष्य

मोडलिङबाट समाजसेवाको लक्ष्य

यस वर्षको मिस लिटिल आइडलको ताज क्रिजेन्सा सिलवालले जितेकी छिन्। प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टको संयुक्त आयोजनामा गत भदौ १२ गते राजधानीमा सम्पन्न प्रतियोगितामा ८० प्रतिस्पर्धीलाई पछि पार्दै उनले शीर्ष उपाधि हात पारेकी हुन्। प्रतियोगितामा रचना राई फस्ट रनर अप र कुञ्जा कुँवर सेकेन्ड रनर अप हुन सफल भए। विजेताहरूलाई आफू पढिरहेका विद्यालयमा एक वर्षको छात्रवृत्ति र नगद पुरस्कार प्रदान गरियो।

क्रिजेन्सा अहिले १२ वर्षकी भइन्। उनी घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी स्कुलमा कक्षा ८ मा पढ्छिन्।

गत वर्ष तीजको एक कार्यक्रममा हजुरआमासँग जाँदा संयोगवश उनले मिस लिटिल आइडलको कार्यक्रम पनि हेर्ने मौका पाएकी थिइन्। त्यतिबेलादेखि नै उनलाई यस प्रतियोगितामा भाग लिने रहर जागेको थियो।

यस वर्ष आयोजकले कार्यक्रमको विषयमा जानकारी दिन विद्यालयमा आएपछि उनले आफ्नो सपना पूरा हुने देखिन्। ‘आफू भित्र भएको प्रतिभा देखाउन प्रतियोगितामा भाग लिएकी हुँ’, उनले भनिन्। सानैदेखि मोडल बन्ने उनको चाहना छ। ठूलो भएपछि मिस नेपाल र त्यसपछि मिस वल्र्ड बनेर समाजसेवामा सक्रिय हुने उनको धोको छ।

यस क्षेत्रमा रुचि लाग्नुको पछाडि आफ्नो प्रेरणाको स्रोत उनी मिस नेपाल शृंखला खतिवडालाई मान्छिन्। उनी कक्षा ७ मा पढ्दाको कुरा हो। विद्यालयमा हरेक वर्षझैं त्यस वर्ष पनि सांस्कृतिक दिवस मनाइने कुरो भयो। विद्यार्थीको मागअनुसार अतिथि बोलाइने सल्लाह गरियो। त्यतिबेला आफ्नो इच्छानुसारकै अतिथि शृंखला खतिवडलाई प्रिन्सिपल लक्ष्यबहादुर केसीले बोलाइदिनुभएको क्रिजेन्साले अझै बिर्सेकी छैनन्।

आफूलाई मन पर्ने मानिसलाई आफ्नै आँखा अगाडि देख्दा उनी हर्षले त्यतिबेला रोएकी थिइन्। प्रतियोगितामा जितेपछि पनि उनलाई पहिलो फोन आफ्नै प्रिन्सिपल लक्ष्य सरको आएको थियो। भोलिपल्ट पनि विद्यालयको एसेम्ब्लीमै ‘माई नेपाल माई प्राइड’ लेखिएको मेडल उनलाई सरले लगाइदिँदा झनै गर्वको अनुभूति भयो।

प्रतियोगिताको अन्तिम चरणमा मुख्य निर्णायकले उनलाई तिम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण व्यक्ति को हो र किन भन्ने प्रश्न गरेकी थिइन्। त्यतिबेला क्रिजेन्साले आफ्नी हजुरआमालाई सबैभन्दा महत्त् वपूर्ण व्यक्तिको दर्जामा राखिन्। उनकी हजुरआमा कौशिला सिलवालले पनि धेरै म्युजिक भिडियो र चलचित्रमा काम गरेकी छिन्। त्यसैगरी समाजसेवामा पनि सक्रिय रहने हजुरआमाको बानी क्रिजेन्सलाई मन पर्छ। हजुरआमाले भनेअनुसार कुनै पनि कुरालाई घोकेर कण्ठ पार्ने नभई बुझेर भन्नुपर्छ भन्ने हजुरआमाले दिएको मन्त्रले नै आफूलाई विजेता बनाएको क्रिजेन्साले बताइन्।

त्यसैगरी अर्को एक प्रश्नमा उनलाई नेपालको ट्राफिक नियम, यसको व्यवस्थापन र सरकारले खेल्नुपर्ने भूमिकाको बारेमा जिज्ञासा राखिएको थियो। सरकारको मुख ताकेर आफ्नो जीवन बर्बाद पार्ने होइन, आफ्नो जीवन रक्षाको लागि आफंै सचेत हुनुपर्छ भन्ने छोरीको जवाफ सुनेर क्रिजेन्साको बाबु रामचन्द्र सिलवाल पनि दंग परेका थिए। ‘छोरीलाई हामीले केही सिकाएको पनि छैन, तर उनले सुदेखि नै यत्तिकै राम्रो प्रस्तुति दिइन्’, उनका बाबुले भने। छोरी धेरै मेहेनती र लगनशील भएकाले पढाइमा पनि अब्बल रहेकी र नर्सरीदेखि अहिलेसम्म विद्यालयमा एक रुपैयाँ पनि तिर्न नपरेको उनले बताए।

खेलमा उनलाई बास्केटबल मनपर्छ। प्रतियोगितामा भाग लिएकै कारणले धेरै दिन उनको खेलको तालिम छुट्यो। तर यसका लागि पनि आफ्ना अतिरिक्त क्रियाकलाप इन्चार्ज राजेन्द्र कपाली सरले सहयोग गरेको उनले बताइन्। घुम्न जानु, पौडी खेल्नु, अभिनय र कार्यक्रम सञ्चालन उनका अन्य सौखमा पर्छन्। भगवान्प्रति निकै आस्था राख्ने क्रिजेन्सा घरमा बिहान साँझको पूजा पनि आफंै गर्ने गर्छिन्। धेरै पढेर भविष्यमा सीईओ बन्ने उनको लक्ष्य छ।

फुर्सदमा ह्यान्डराइटिङ प्राक्टिस

रचना राई मिस लिटिल आइडलकी फस्ट रनर अप हुन्। उनी १२ वर्षकी भइन्।

मोडलिङ र अभिनयमा रुचि राख्ने रचनाले यस अगाडि पनि यस्तै रचना बूढानीलकण्ठस्थित हिमालय बोर्डिङ स्कुलमा कक्षा ७ मा पढ्छिन्। विद्यालय र अभिभावकले हौस्याएका कारण आफूले प्रतियोगितामा भाग लिएको उनले बताइन्।

प्रकृतिको अर्को प्रतियोगितामा भाग लिएकी थिइन्। फस्ट रनर अपको उपाधि जित्दा उनलाई निकै गर्व लाग्यो। त्यसैगरी विद्यालयमा जाँदा शिक्षकशिक्षिका पनि निकै खुसी भए। मोडल र नायिका बन्ने लक्ष्य राख्ने रचना फुर्सदको समयमा नृत्य, कार्यक्रम सञ्चालन र ह्यान्डराइटिङ प्राक्टिस गर्ने गर्छिन्।

वकिल बन्ने चाहना

सेकेन्ड रनर अप कुञ्जा कुँवर शंखमूलमा बस्छिन्। उनी अहिले पुरानो बानेश्वरस्थित क्याम्ब्रिज पब्लिक स्कुलमा कक्षा ८ मा होस्टेलमै बसेर पढ्ने गर्छिन्।

१२ वर्षीया कुञ्जाले पनि आफ्नो अभिभावक र शिक्षकशिक्षिकाबाट यस प्रतियोगिताको बारेमा थाहा पाएकी हुन्।

सेकेन्ड रनर अप हुन पाएकोमा उनलाई धेरै खुसी लाग्यो। विद्यालयमा गएर पनि एसेम्ब्लीमा सबैको अगाडि उभिएर उनले स्पिच दिन पाइन्। त्यसैगरी विद्यालयले गरेको सम्मानले पनि उनलाई गर्व महसुस गरायो। फुर्सदमा मोडलिङ, किबोर्ड बजाउने, भलिबल खेल्ने र नृत्य गर्न रुचाउने कुञ्जाको लक्ष्य वकिल बन्नु हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.