अब राप्रपा अग्रणी शक्ति बन्छ : कमल थापा

अब राप्रपा अग्रणी शक्ति बन्छ : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अब राप्रपा नेपालको अग्रणी शक्ति बन्ने दाबी गरेका छन्।  हेटौंडामा सोमबार सम्पन्न राप्रपाको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले यसो बताएका हुन्।

‘सरकारको नेतृत्व गरिरहेको नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस असफल भएकाले अब देशको नेतृत्व राप्रपाले गर्नेछ’, उनले भने। देश र जनताको आवश्यकता अनुसार काम गर्न कांग्रेस र कम्युनिस्ट असफल भएको दाबी उनले गरे। 

२५० वर्ष राजाले शासन गर्दा निबिग्रेको अर्थतन्त्र हाल खर्बौैैं रुपैयाँ व्यापार घाटामा पुगेको भन्दै अध्यक्ष थापाले रेमिट्यान्सले धेरै देशको अर्थतन्त्र थेग्न नसक्ने प्रष्ट पारे। ‘लोकतन्त्रको आवरणमा कांग्रेस र कम्युनिस्टले देशलाई धरासायी बनाएको छन्’, उनले भने,‘जनताका सेवा गर्नेहरु हैन, ठेकेदार र पैसा हुनेहरु देशको नेतृत्वमा छन्, त्यस्ता ब्यक्तिहरुबाट जनताले विकासको आशा गर्नसक्ने ठाउँ छैन।’

सरकार र प्रतिपक्ष दुबै दलको केही ब्यक्तिहरुको संलग्नताका कारण वाईडबडी, एनसेल लगायत ठूला भ्रष्टाचारको मुद्धामा सरकार र प्रतिपक्ष मौन रहेको थापाको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.