'ऐतिहासिक उद्घाटनको साक्षी बन्‍न पाउँदा खुसी लाग्यो'

'ऐतिहासिक उद्घाटनको साक्षी बन्‍न पाउँदा खुसी लाग्यो'

नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाल भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गरेको बताएका छन्। मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुर्‍याउने नेपाल र भारतको प्रतिवद्धता पुष्टि भएको आचार्यले बताए।

नयाँ दिल्लीस्थित दूतावासमा अन्नपूर्णसँग कुरा गर्दै उनले भने, ‘सीमा वारपारको पहिलो पाइपलाइनको निर्माण आफैंमा महत्त्वपूर्ण कुरा हो। त्यसमा पनि दक्षिण एसियामा पहिलो पाइपलाइनको उद्घाटनले नेपाल-भारत सम्बन्धले नयाँ उचाइ प्राप्त गर्ने दुवै देशको प्रतिवद्धता पुष्टि गरेको छ।’

यसअघि भारतीय सहयोगमा थालिएका परियोजना समयमा पूरा नभएका उदाहरण धेरै थिए। भारतमै पनि दक्षिण एशियाली मुलुकहरूमा भारतीय सहयोगका परियोजना समयमा सम्पन्न गर्न नसक्नुलाई छिमेकीहरूसँगको सम्बन्धको असफलता मुख्य कारक रहेको विश्लेषण हुने गरेको थियो।

राजदूत आचार्यले निर्धारित समयभन्दा अगाडि सम्पन्न यो परियोजनाले आयोजना पूरा हुन वर्षौँ समय लाग्ने प्रवृतिलाई जवाफ दिएको बताए। यसले नेपाल भारत सम्बन्ध कनेक्टिभिटीको नयाँ चरणमा प्रवेश गरेको उनले बताए। ‘यो उद्‍घाटन पछि नेपाल भारत सम्बन्ध कनेक्टिभिटिको नयाँ चरणमा प्रवेश गरेको छ। यसले अन्य ऊर्जा, सडक लगायतका क्षेत्रका कनेक्टिभिटीका परियोजनाहरूका लागि पनि उदाहरण स्थापित गरेको छ’, राजदूत आचार्यले भने।

नाकाबन्दीपछि नेपाल भारत सम्बन्धमा विश्वासको संकट गहिरिएको थियो। भारतीय राजनीतिक र कुटनीतिक विफलताको रुपमा नाकाबन्दीबारे नेपाल र भारत दुबै देशमा आलोचना भएको थियो। नाकाबन्दीलाई भारतीय पक्षको 'ब्लन्डर' मानेर भारतमै पनि कडा आलोचना हुने गरेको थियो।

नेपालसँग सम्बन्ध सुधारका लागि प्रधानमन्त्री मोदीसहितको उच्च राजनीतिक भेटघाट, द्वीपक्षीय संयन्त्रहरूको सक्रियता बढाइएको छ। राजदूत आचार्यले उच्च राजनीतिक तहमा सम्बन्ध घनिष्ट बन्दै  गएको कुरालाई मोदी स्वयंले स्वीकार गरेको बताए।

उद्घाटनको रिमोट थिच्ने क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पछाडिको लाइनमा भारतीय राजदूत मन्जीव सिंह पुरी बसेका थिए। तर नयाँ दिल्लीमा प्रधानमन्त्री निवास लोककल्याण मार्गस्थित प्रधानमन्त्री मोदी निवासबाट गरिएको उद्‍घाटनमा नेपाली राजदूत आचार्य भने मोदीको समानान्तर बसाइएका थिए। यसलाई सामाजिक संजालमा मोदीको उदारता भनेर प्रशंसा पनि गरिएको थियो।

यसबारे प्रतिक्रिया लिन खोज्दा आचार्यले प्रतिक्रिया दिन मानेनन्। 'प्रधानमन्त्री मोदीको समानान्तर तपाईँलाई किन र कसरी बसाइयो ?' भन्ने प्रश्नमा उनले भने, 'यस विषयमा म प्रतिक्रा दिन चाहन्न। ऐतिहासिक उद्‍घाटनको साक्षी बन्न पाउँदा मलाई खुसी लागेको छ।'

‘यो आकस्मिक अवसर थियो तर घटना महत्त्वपूर्ण हुन्छ', उनले भने, 'सीमा वारपार पेट्रोलियम पाइपलाइनको उद्‍घाटन महत्त्वपूर्ण थियो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.