नेपाल-भारत पाइपलाइनको औपचारिक शुभारम्भ (फोटो फिचर)

नेपाल-भारत पाइपलाइनको औपचारिक शुभारम्भ (फोटो फिचर)

तस्बिर : दिवाकर भण्डारी

नेपाल-भारत पेट्रोलियम पाईपलाईनको मंगलवार औपचारकि रुपमा उद्घाटन भएको छ। यसअघि सफल परीक्षण गरिएको पाइपलाइनको नेपाल र भारतका प्रधानमन्त्रीले एकैसाथ उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट स्वीच थिचेर पाइपलाइनको शुभारम्भ गरेका हुन्। दुई प्रधानमन्त्रीले काठमाडौं र दिल्लीबाट एकैसाथ स्वीच थिचेपछि अमलेखगंजस्थित नेपाल आयल निगमको डिपोमा तेल खसेको थियो। 

पाइपलाइनबाट आएको तेललाई भारतीय आयल कर्पोरेशनका कार्यकारी निर्देशक जेपी सिन्हाले नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई हस्तान्तरण गरेका थिए। 

दुई प्रधानमन्त्रीले एक साथ स्वीच थिचेर उद्घाटन गरिएको भिडियो कार्यक्रमस्थलमा हेर्ने व्यवस्था मिलाइए पनि प्राविधिक कमजोरीका कारण सफल हुन सकेन्। पाइपलाइन उद्घाटनका लागि आयल निगमको डिपोलाई बेहुली झै सिंगारिएको थियो ।
तस्बिरमा कार्यक्रम 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.