भिडियो कलमा मोदीले भने- ओलीजीलाई भेट्न म चाँडै आउँछु

भिडियो कलमा मोदीले भने- ओलीजीलाई भेट्न म चाँडै आउँछु

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध सुध्रिँदै गएको बताएका छन्। उनले बहुप्रतिक्षित दक्षिण एसियाको पहिलो अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन गर्दै नेपाल भारतको द्विपक्षीय परियोजनाले दुई देशको सम्बन्ध सुधार्दै गएको बताएका हुन्।

उद्घाटन कार्यक्रममा उनले भने,' हाम्रो संयुक्त प्रयासले धेरै काम भइरहेको छ। मोतिहारी अम्लेखगञ्ज पाइपलाइन उद्घाटनमा संयुक्त रुपमा भिडियो लिंकबाट सहभागी हुन पाउँदा निकै खुसी भएको छु।'

उनले प्रम ओलीसँग भएको सहकार्यले नेपाल भारतको सदियौं पुरानो सम्बन्ध सुध्रिंदै गएको बताए। उनले भने, 'पछिल्लो डेढ वर्षमा ओली र म ४ पटक भेट्यौं। यसले हाम्रो सम्बन्ध सुमधुर हुँदै गएको छ।'

विकासको लागि आपसी साझेदारीले सहयोग गरेको उनको भनाइ छ। दुवै सरकारको प्राथमिकतामा द्विपक्षीय रूपमा तय गरेका परियोजनाहरू परेको उनले बताए।

पशुपतिनाथ धर्मशाला र एकीकृत भन्सार कार्यालय वीरगञ्जको उद्घाटन पनि उनले सम्झिए। 'योभन्दा पहिला पनि पशुपति धर्मशाला र आइसीपी वीरगञ्जको उद्घाटन गरेको थिएँ', उनले भने, 'यो पाइपलाइन दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन हो। अपेक्षाभन्दा आधा समयमा पूरा हुनु गर्वको कुरा हो।'

समयअघि कार्य पूरा भएको श्रेय नेपाल सरकारको सहयोग र संयुक्त प्रयासलाई जाने उनले बताए। पाइपलाइनबाट हरेक वर्ष २ मिलियन मेट्रिकटनसम्मको क्लिन पेट्रोलियम पदार्थ आउने कुरा सन्तोषजनक भएको उनको भनाइ छ।

'पाइपलाइन नेपाली जनताको फाइदाको लागि भएकोले यसमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ, ' उनले भने, 'पाइपलाइन सुरु भएपछि प्रेट्रोलियम पदार्थको मूल्य घटाउने कुरा सुन्दा निकै खुसी लागेको छ।'

नेपालको गोरखा र नुवाकोट जिल्लामा आपसी प्रयासले भूकम्प पीडितका लागि घर बनेको र घरबारविहीनले आवास पाउने कुराले आफू निकै खुसी भएको उनले बताए। यो प्रोजेक्ट पूरा गरेर छिट्टै समर्पण गर्ने सौभाग्य पाइने आशा रहेको उनले बताए।

ओलीको निमन्त्रणामा छिट्टै नेपाल आउने मोदीले बताए। 'फेरि नेपाल आउन प्रम ओलीले दिएको निमन्त्रणाले म निकै खुसी भएको छु', उनले भने, 'मलाई पनि प्रकृतिको काखमा आउन निकै मन छ र छिट्टै नै आउने प्रयास गर्नेछु।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.