भुइँमै उपचार

भुइँमै उपचार

अर्घाखाँची : भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि अस्पतालमा भिड लाग्न थालेको छ। जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ। एक हप्तामा नै ज्वरोका बिरामीको संख्या चार गुणाले बढेको जिल्ला अस्पतालले जनाएको छ।

बिरामीको चाप बढेसँगै अस्पतालमा शै्या अभाव भएको छ। दैनिक ओपिडि कक्षमा दुई सयभन्दा बढी र आकस्मिकमा तीन सय बढी बिरामी जाँचका लागि आउने गरेका छन्। अस्पतालका प्रमुख डा. जगन्नाथ तिबारीले १५ शै्याको अस्पतालमा बिरामी ह्वात्तै बढेपछि भुइँमा राखेर उपचार गर्नुपरेको बताए। भुइँ र बेन्चमा राखेर ४५ जना भर्ना गरेर उपचार भइरहेको उनको भनाइ छ।

अस्पताल आउने ७० प्रतिशत बिरामी भाइरल ज्वरोबाट संक्रमित रहेको अस्पतालका चिकित्सक डा. कपिल गौतमले जानकारी दिए। डेंगु र भाइरल ज्वरोका बिरामी एकै पटक आउँदा अस्पतालमा स्वास्थ्य संवेदनशिलता अपनाउन कठिनाइ भइरहेको उनको भनाइ छ। हालसम्म सन्धिखर्कमा उपचार गर्न आएका बिरामीमध्ये दुई जनाा डेंगुको संक्रमण देखिएको छ। उनीहरुलाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ।

तीन दशक पुनरानो भवनबाट सेवा

तीन दशकअघि निर्माण भएको १५ शै्याको अस्पताल हालसम्म स्तरोन्नती हुनसकेको छैन। ५० शै्याको अस्पतालको नारा लगाउँदै जितेका नेताहरु कैयौंपटक सांसद र मन्त्री बने पनि अस्पतालका लागि फर्केर हेरेनन्। शै्या अभावकै कारण बिरामी धेरै भएका बेला भुइँमा राख्नुको विकल्प नभएको अस्पताल प्रशासन बताउँछ।

२०४५ सालमा निर्माण भएको अस्पतालको भवन वर्षात हुँदा अधिकांश कोठामा चुहिन्छ। भिजेको शै्यामै बिरामीले उपचार गराउनुपर्ने बाध्यता छ। शल्यक्रिया गर्नुपर्ने वा गम्भिर प्रकृतिका बिरामीलाई बुटवल रेफर गर्नुको विकल्प छैन। सामान्य बिरामी हुँदा पनि महँगो खर्चेर बाहिरका जिल्लामा उपचार गर्न जानुपर्ने बाध्यता रहेको सन्धिकर्ख नगरपालिका–१० का जीवन आचार्यले बताए। विपन्न परिबारका सदस्यले त बाहिर उपचारका लागि लैजान खर्छ जुटाउन पनि सक्दैनन्।

गुल्मी, प्युठान, कपिलवस्तु, नवलपरासीमा ५० शै्याकै अस्पताल छन्। स्थानीयले पटक–पटक अस्पतालको क्षमता बृद्धिका लागि अनुरोध गरे पनि सुनुवाइ हुन सकेको छैन। यस्तै जिल्लामा रक्तसञ्चार केन्द्र नहुँदा रगत आवश्यक परेका बिरामीलाई पनि बाहिरका अस्पतालमै रेफर गर्ने गरिएको छ।

सानो घाउको शल्यक्रियासमेत जिल्लामा नहुँदा स्थानीय बसाई–सराई गर्ने क्रम बढेको उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद भुसालले बताए। निर्वाचनका बेला दिएको वाचा पूरा गर्न दुई वर्षभित्र जिल्ला अस्पताललाई ५० शै्यासहितको सुविधासम्पन्न बनाइने प्रदेश सांसद चेतनारायण आचार्यले दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.