१ लाख घुससहित न्यायाधीशका ड्राइभर होटलबाट पक्राउ

१ लाख घुससहित न्यायाधीशका ड्राइभर होटलबाट पक्राउ

सिरहा : जिल्ला अदालत सिरहामा कार्यरत एक न्यायाधीशका सवारी चालक घुससहित पक्राउ परेक छन्। सवारी चालक वृजमोहन यादवलाई १ लाख १० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहीबार पक्राउ गरेको हो। 

पक्राउ परेका यादव इजलास-३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक हुन्। आयोगको कार्यालय बर्दिबासको टोलीले उनलाई सिरहा सदरमुकामस्थित खड्ग होटलबाट पीडितसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको अख्तियारको बर्दिबास प्रवक्ता हरिप्रसाद घिमिरेले जानकारी दिए। 

उनका अनुसार यादवले अदालतमा विचाराधीन रहेको मुद्दा मिलाइदिने भन्दै पीडितसँग रकम माग गरेको थिए। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.