छिमेकीको गहना चोरेर फरार रहेका दुई पक्राउ

छिमेकीको गहना चोरेर फरार रहेका दुई पक्राउ

धरान : छिमेकीका सुनका गहना चोरी गर्ने दुईजनालाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । धरान उपमहानगरपालिका-५ स्थित देउरालीकी नरवती राईको घरमा रहेका गहना चोरी गरेको अभियोगमा प्रहरीले स्थानीय सुर्यबहादुर विक र भक्तबहादुर विकलाई पक्राउ गरेको छ । 

बुधबार राति नरवती छिमेकीको घरमा गएको मौका छोपी दुबैजनाले घरमा रहेका सुनका गहना चोरी फरार रहेका थिए । नरवतीले आफ्ना गहना चोरी भएको सूचना प्रहरीलाई दिएपछि इलाका प्रहरी कार्यालय धरानले चोरी गरेको गहनासहित दुबैजनालाई पक्राउ गरी चोरी ऐनअन्र्तगत मुद्धा दर्ता गरी कारवाही अगाडी बढाइएको धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए।

प्रहरीले चाडबाड नजिकिँदै गर्दा चोरी डकैतीका घट्ना घट्न सक्ने भन्दै स्थानीयवासिन्दालाई सचेत हुन र शंकास्पद मानिस देखेमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.