महानगरले घोडा जंगलमा छाड्न लग्यो, जनप्रतिनिधिले नियन्त्रणमा लिए

महानगरले घोडा जंगलमा छाड्न लग्यो, जनप्रतिनिधिले नियन्त्रणमा लिए

पथलैया : वीरगन्ज महानगरपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैयास्थित जंगलमा छाड्न लागेको घोडा जनप्रतिनिधि र स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । 

वीरगन्ज महानगरपालिकाको गाडीमा राखेर ल्याइएका पाँच वटा घोडा जीतपुरसिमरा उपमहानगरपालिको क्षेत्रभित्र पर्ने जंगलमा छाड्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको हो । 

पथलैयादेखि पाच किलोमिटर पूर्वतर्फको जंगलमा छाड्न लागेको अवस्थामा जीतपुरसिमरा उपमहानगरपालिका–१ का अध्यक्ष हिराबहादुर गुरुङ, वडा नं. १६ का अध्यक्ष केदारनाथ बजगाईसहित स्थानीयले नियन्त्रणमा लिएका हुन् । घोडासहितको महानगरपालिकाको ना १ ग ७१३ नम्बरको जिप जनप्रतिनिधि र स्थानीयले पथलैयास्थित प्रहरी चौकीमा बुझाएका छन् । 

महानगरपालिकाको कान्जी हाउसमा राखिएका घोडा लिन सम्बन्धित व्यक्ति नआएकाले जंगलमा छाड्न लागिएको पत्र चालकले जनप्रतिनिधिलाई देखाएका छन् ।  आफ्नो नगरभित्रको पशुचौपाया नगरभित्रै नगरेर अन्यत्र छाड्न ल्याउनु गलत भएको वडाअध्यक्ष गुरुङले बताए।

जंगलमा छाडिएका घोडा सडकमा निस्केर थुप्रै दुर्घटना भइरहेको भन्दै गुरुङले पशुचौपायाको व्यवस्थापन आफ्नै नगरभित्र गर्न आग्रह गरे।  यसअघि पनि वीरगन्जबाट घोडा, गाइगोरु ल्याएर छाड्ने गरेको गुरूङको भनाइ छ । वडा नम्बर १६ का अध्यक्ष बजगाईले एउटा नगर सुन्दर बनाउनका लागि अर्को नगरलाई फोहोर बनाउन खोज्नु राम्रो पक्ष नभएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.