बाँके घटनाका दोषीलाई कारबाही गर्छौ : गृहमन्त्री

बाँके घटनाका दोषीलाई कारबाही गर्छौ : गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले बाँकेमा कांग्रेसको कार्यक्रममा भएको घटनाको अनुसन्धान भइरहेको बताएका छन्। संसद्को राज्य व्यवस्था समितिको शुक्रबार बसेको बैठकमा थापाले दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरामा भएको घटनामा संलग्न ३ जनालाई पक्राउ गरिसकिएको जानकारी दिए। 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो पार्टीको जागरण अभियानमा नेकपाका कार्यकर्ताले नियोजित रुपमा आक्रमण भएको बताएको छ। बैठकमा कांग्रेस सांसद डिला संग्रौलाले दलहरुले शान्तिपूर्ण रुपमा काम गर्न पाउने संवैधानिक अधिकारमाथि ठाडो हस्तक्षेप भएको भन्दै जवाफ मागेकी थिइन्। उनले त्यहाँ रहेको प्रशासनले समेत समयमा सुरक्षा नदिएको भन्दै आक्रोश पोखिन्। जवाफमा थापाले भने,' दोषीलाई हामी आवश्यक कारबाही गर्छौ, यसलाई राजनीतिक घटनाका रुपमा नलिनुस‍्, राजनीतिक घटना होइन।'

घटनामा कांग्रेस जिल्ला सभापति किरण कोइराला घाइते भएकी थिइन्।

सत्तारुढ दल नेकपा बाँकेका सांसद महेश्वरजंग गहतराजले यो घटना कांग्रेसप्रति लक्षित नभएको बताए। 'त्यहाँ पार्टी बाहिरका एउटा व्यक्ति बसेको र उसलाई लक्षित गरेर आक्रमण भएको रहेछ।' उनले भने,' त्यसक्रममा हुलदंगा भयो, कांग्रेस जिल्ला सभापतिले छुट्याउन जानेक्रममा हात फ्याक्चर भएछ।'  गहतराजले नेकपा कार्यकर्ताले आक्रमण नगरेको दाबी गरे। उनले बाँकेमा राजनीतिक द्वन्द नभएको, सबै काम सहमति र सहकार्यमा भइरहेको धारणा राखे।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.