शक्ति राष्ट्रका सैन्य रणनीतिमा नेपाल संलग्न हुँदैन : प्रचण्ड

शक्ति राष्ट्रका सैन्य रणनीतिमा नेपाल संलग्न हुँदैन : प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा नेपाल सामेल नहुने स्पष्ट पारेका छन्। इलाममा शनिबार भएको कार्यक्रममा प्रचण्डले असंलग्न नीतिको मान्यताबाट विचलित नहुने बताए। प्रचण्डले बिमस्टेक वा इन्डोप्यासिफिक कुनै पनि खालका सैन्य गठबन्धनमा घोषित नीतिविपरीत संलग्न नहुने बताए। हालै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रचण्डले अमेरिकाको 'इन्डोप्यासिफिक स्ट्राटेजी' मा नेपाल संलग्न नरहेको बताएको खबर सार्वजनिक भएका छन्। तर समाचारमा मात्रै यी विषय आएको र चीन तथा अमेरिकाले आधिकारिक रुपमा त्यसो नभनेको भन्दै प्रचण्डले नेपालको घोषित नीतिअनुसार आफू बोलेको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.