४ किलो ९ सय ग्राम चरेशसहित तीन भारतीय पक्राउ

४ किलो ९ सय ग्राम चरेशसहित तीन भारतीय पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले ४ किलो ९ सय ग्राम चरेशसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ। पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेबाट शनिबार दिउँसो बि. आर. ०१ पी एफ ७९९८ नम्बरको भारतीय नम्बर प्लेटको कारमा लुकाइ ल्याएको अवैध लागूऔषध चरेशसहित पक्राउ परेका उनीहरुलाई प्रहरीले आइतबार बिहान सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानी कुमार पासवान र २४ वर्षीय राजु महतो रहेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले जानकारी दिए। कारको अगाडिको भागमा एसी भित्र फल्स बटममा लुकाएर हेटौंडाबाट वीरगन्जतर्फ लैजाँदै गरेको चरेश प्रहरीले नियमित चेकजाँचको क्रममा बरामद गरेको हो। पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम १ वर्ष देखि ३ वर्ष सम्म कैद र ५ देखि २५ हजारसम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ। 

यसैबीच मकवानपुर प्रहरीले शुक्रबार अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। १२ केजी ४ सय ग्राम गाँजासहित कैलाश गाउँपालिका ८ का २६ वर्षीय राजकुमार थिङ र २१ वर्षीय दिपेश थिङलाई राक्सिराङ गाउँपालिकाको कालिका दोभानबाट पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी सिंहले जानकारी दिए।  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.